गृहपृष्ठ खबर आमरण अनशन बस्ने निर्मलाका बुबाको चेतावनी

आमरण अनशन बस्ने निर्मलाका बुबाको चेतावनी

प्रकाशित मिति:

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

आइतबार भीमदत्त नगरपालिका २ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नगरे सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।

हत्यामा संलग्न दोषी पत्ता लगाउन १ हप्ताको अल्टिमेटम दिएका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताएका छन् । यदि धर्नापछि पनि सुनुवाई नभए सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्या भएको तीन महिना भन्दा बढी भइसके पनि त्यसमा संलग्नको खोजी गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ ।

घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा सम्लग्नको पहिचान गर्न नसकेको तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाए ।

सम्बन्धित् समाचार