गृहपृष्ठ खबर नेपालकै पहिलाे पाँचतारे ग्रीन हाेटल- साेल्टी वेस्टेन्ड प्रिमियर:

नेपालकै पहिलाे पाँचतारे ग्रीन हाेटल- साेल्टी वेस्टेन्ड प्रिमियर:

प्रकाशित मिति:


नेपालगन्जस्थित साेल्टी वेस्टेन्ड प्रिमियम

नेपालगन्जस्थित साेल्टी वेस्टेन्ड प्रिमियम

भुजईगाउँ, बासुदेवपुर नेपालगन्जमा हालसालै सञ्चालनमा आएको सोल्टी वेस्टेन्ड प्रिमियर देख्दा सामान्य भए पनि धेरै होटलभन्दा फरक छ।

 झन्डै दुई बिघामा फैलिएको यो होटल नेपालकै पहिलो ग्रिन होटल हो। बाहिरबाट हेर्दा सामान्य होटल जस्तै देखिने भए पनि यो कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल हो।

पहिलो पाँचतारे ग्रीन होटलका महाप्रबन्धक इन्द्र खड्का आफू यो होटलसँग जोडिन पाउँदा गौरब महसुश भएको बताउँछन्। नेपालगञ्जको यो सोल्टी वेस्टेन्ड प्रिमियर काठमाडौंस्थित सोल्टी होटलको पहिलो भगिनि होटल हो।

वातावरण जोगाउने उद्देश्यले यूएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरिबेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक खड्काले नेपालखरबलाई बताए। ‘होटलको डिजाइन, संरचना, होटल बन्ने क्षेत्र लगाउत सबै काउन्सिलको मापदण्डमा आधारित रहेर तयार गरिएको हो,’ उनले भने, ‘यूएस ग्रिन बिल्डिङ काउन्सिले सोल्टी वेस्टेन्ड प्रिमियरलाई कार्बनडाइअक्साइट उत्पादन नगर्ने श्रेणीमा सिल्बर क्याटागोरी अन्तर्गत राखेको छ।’

१ अर्ब २५ करोडभन्दा बढी पैसामा निर्माण भएको यो होटलमा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ, स्विमिङपुलको सुविधा प्राप्त गर्न सक्छन्। २६ महिनामा निर्माण पूरा भएको होटलमा बार, रेस्टुराँ, ब्याङक्वेट पनि छन्। क्यासिनो भने महिना दिनभित्र निर्माण गरिसक्ने योजना छ।५ तारे होटलको मान्यता पाउने प्रक्रियामा रहेको सोल्टी वेस्टेन्ड प्रिमियरमा ८१ कोठा छन्।

यो नमुना होटल सञ्चालनमा आएको मात्र ११ महिना मात्र भएको छ।

नेपालगञ्जनमा रहेको यो होटलमा मध्यम वर्गले समेत सेवा लिन सक्ने गरी मूल्य निर्धारण गरिएको महाप्रबन्धक खड्का बताउछन्। यहाँ एक जना एक रात बस्न चाहेमा ४ हजार ३ सय कोठा भाडा पर्नेछ। दुई जना एउटै कोठामा बस्न चाहेमा मात्र ४ हजार ८ सय रुपैयाँ लाग्ने उनले जानकारी दिए। डोल्पा, रारा, मानसरोबर जाने पर्यटक यो होटलमा बस्ने गरेका छन्। पाहुनालाई होटलका ७० कर्मचारीले सेवा पुर्याउँछन्।

होटल भित्र नै हुन्छ फोहर व्यवस्थापन
ग्रिन होटल हुनका लागि मुख्य विशेषता भनेको कार्बनडाइअक्साइट उत्पादन नगर्नु हो। यो होटलले कार्बन्डाइअक्साइट उत्पान नहोस् भन्नका लागि एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिरहेको छ।

फोहर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार गरिएको छ। ‘काउन्सिलको मापदण्डअनुसार होटलबाट निस्केका कुनै प्रकारको फोहर बाहिर फालिँदैन,’ खड्काले सुनाए, ‘ती फोहरलाई समेत फिल्टर गरेर पुनः प्रयोग गर्ने गरेका छौं।’ उनका अनुसार बाथरुमबाट निस्केको फोहरल व्यवस्थापन गरी पुनःप्रयोग गरिँदै आएको छ।

सोल्टी पोखरा र भैरहवामा पनि फैलिँदैसन् १९६५ मा काठमाडौंमा स्थापना भएको सोल्टी होटलको पहिलो भगिनी होटलको रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेन्ड प्रिमियर सञ्चालनमा आएको हो। नेपालको पहिलो पाँचतारे यो होटलले छिटै पोखरा र भैरहवामा समेत दुई होटल स्थापना गर्दैछ। सोल्टीको आधिकारिक वेबसाइटमा भनिएको छ, ‘यो बाहेक देशका अन्य भागमा होटल विस्तार गर्ने योजना छ।’

प्रकाशित १९ कार्तिक २०७५, सोमबार |

सम्बन्धित् समाचार