गृहपृष्ठ खबर डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु, दुईको अवस्था गम्भीर

डोल्पाको ठूलीभेरीमा जिप दुर्घटना, १० जनाको घटनास्थलमै मृत्यु, दुईको अवस्था गम्भीर

प्रकाशित मिति:

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते बनेका छन्।

सोमबार दिउँसो सदरमुकाम दुनैबाट जुफाल जाँदै गरेको भे१च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ कालागौडामा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको हो।

डोल्पाका प्रहरी प्रमुख डिएसपी अवदेश विष्टले दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि गरे । ‘दुर्घटनाको खबर पाउनासाथ सिडियो साप र डाक्टरको टोलीसहित हामी घटनास्थल पुगेका थियौँ’ नेपालखबरसँग कुरा गर्दै डिएसपी विष्टले भने, ‘डक्टरले दुई १० जनाको मृत्यु भइसकेको पुष्टि गर्नुभएको छ।’ उनले घटनामा दुई जनाको भने उद्धार गरिएको बताए।

घाइते दुबै जनाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र उनीहरुको अवस्था पनि गम्भीर रहेको डिएसपी विष्टले बताए।

जिप सडकबाट भेरी नदीमा खसेको थियो। दुर्घटनाका मृतकको अहिलेसम्म सनाखत हुन नसकेको उनले जानकारी दिए।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

सम्बन्धित् समाचार