गृहपृष्ठ खबर -आलु खाएर पिडांलुको धाक लाउने पर्व सम्पन्न !!

-आलु खाएर पिडांलुको धाक लाउने पर्व सम्पन्न !!

प्रकाशित मिति:

-अालु पाटी २०७५ सम्पन्न बि स २०३४ साल देखि निरन्तर रुपमा हरेक बर्ष मनाउदै अाएकाे अालु पाटी हाँस्यब्यङ्ग उत्सब यसपाली पनि कागतिहारकाे दिन मनाइयाे !!

अालु बाट बनाइएकाे तेस्ाे लिङ्गि अालुलाई सभापति बनाइएकाे कार्यक्रममा!! थुप्रै हास्य ब्यङ्ग कवि कलाकारकाे उपस्थिति थियाे!! छक्का पन्जा टिमका दिपक दिपा जितु नेपाल , केदार घिमिरे प्रमुख अाकर्षण रहेकाे कार्यक्रममा घनश्याम गाैतम “नक्कली प्रचण्ड”काे प्यारेडी गित काे प्रस्तुति रहेकाे थियाे भने डम्बर घिमिरे , मनाेज अाचार्य, डा. बम बहादुर थापा जिताली, पिँडालु पँडित, मुना खतिवडा, टेक बहादुर काेईराला लगायतकाे कबिता ले दर्शकलाई मज्जाले हँसाएका थिए !

गायक अजय अधिकारी ” शुसिल”ले सन्चालन गरेकाे कार्यक्रममा अालु पाटी सरकार प्रमुख राम कुमार पाँडेले अालु पाटीकाे महिमा सुनाएका थिए! कागतिहारकाे दिनलाई हास्य ब्यङ्ग दिवसकाे रुपमा मनाउन शँखघाेस गरि खाेर्सानी काे धुप लगाएर १ मिनेट हाँसेर सबैले अनुमाेदन गरेका थिए!

जितु नेपाल, केदार घिमिरे र दिपा श्री ले समेत ब्यङ्ग गर्दै सबै दर्शक तथा सहभागीलाईप हँसाएका थिए ! कार्यक्रममा शिराेमणी दवाडीकाे मखमली, अश्विनि काेईरालाकाे पारिजात, बिजयराज अाचार्यकाे रातकी रानी र किरण पाैडेलकाे गाेदावरी नामक चार वटा हाइकु सँग्रह पनि बिमाेचन गरिएकाे थियाे!

सम्बन्धित् समाचार