गृहपृष्ठ खबर ट्याक्सी र जीप एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु, २ जना घाइते

ट्याक्सी र जीप एकआपसमा ठोक्किदा ३ जनाको मृत्यु, २ जना घाइते

प्रकाशित मिति:

सिमरा,२४ कार्तिक -बाराको निजगढमा ट्याक्सी र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी, सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको हो। मृतक सबै टयाक्सीमा सवार रहेका थिए।

आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा २८ वर्ष नरेश माझी र २१ वर्षका अर्जुन माझी घाईते भएका छन्। घाईतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक शुक्रबार राती १ बजे ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएको थियो। निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जादै गरेको बलेरो पिकअप जीप राजमार्गमा ठोक्किएको थियो।

ग्रामीण बाटो हुदै राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जीपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमले जानकारी दिए।

सहचालक मृत फेला

धनगढी / धनगढी उपमहानगरपालिका—४ स्थित बस बिसौनी परिसरमा आज ना४ख ४२६४ नं. को बसका सहचालक मोहन बोहरा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले बाजुरा जिल्लाको ढाटाकोटका अन्दाजी ४५ वर्षीय बोहरालाई बस बिसौनी परिसरमा मृत फेला पारिएको जानकारी दिनुभयो । बोहराको मृत्यु शङ्कास्पद रहेको छ ओलीले बताउनुभयो । उक्त घटनामा अनुसन्धानका लागि चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

सम्बन्धित् समाचार