कपिलवस्तु जिल्ला वाणगंगा ९ भलवाड जिनुवामा अवस्थित शुद्धोधन मा.वि एक वर्ष देखि व्यवस्थापन समिति विहीन बनेको छ ।
वैखरी कपिलवस्तु कार्तिक -२७ – पूर्व अध्यक्ष हरि राज घिमिरेको नेतृत्वमा रहेको समितिको म्याद सकेको एक वर्ष भन्दा बढी हुँदा सम्म शुद्धोदन जन जीवन मा वि वाणगंगा ९ जिनुवाले अझै सम्म व्यवस्थापन समिति गठन गर्न सकेको छैन । कपिलवस्तु जिल्ला स्थित महेन्द्र राजर्माग बाट निकै नजिक रहेको यो विद्यालयमा गत साल २०७४ मा कृषि पशु विज्ञान विद्यालय सञ्चालन गर्नका लागि महायज्ञको आयोजना गरिएको थियो तर त्यसले पनि अहिले सम्म कुनै काम गरेको भने छैन ।
स्रोत केन्द्र गजेहडा , जिल्ला शिक्षा कार्यालय नजिक रहेता पनि यस विद्यालय सुधार हुन नसक्दा आम जनतामा निराशा छाएको छ । विद्यालय व्वस्थापना समिति समेत गठन हुन नसक्दा र फितलो व्वस्थापनाका कारण स्थानीय विद्यार्थीहरू बाहिरी वडाहरुमा अध्ययन गर्न जाने क्रम बढ्दो रूपमा रहेको छ , व्यवस्थापनमा कमजोरी , विद्यालय भित्र राजनीति लगायतका कारणले यस विद्यालय भन्दा बाहिर अध्यन गर्न जाने गरेको विद्यार्थी बताउन्छन् । यस क्षेत्र अर्घाखाँची सँग बाटो जोडीएकाले पनि राम्रो सँग व्यवस्थापन गरे अर्घाखाँची लगायतका ठाउँबाट अध्यन गर्न आउने विद्यार्थीको सङ्ख्या बढ्ने आम बासीको भनाई छ ।
पटक पटकको अभिभावक भेला , विद्यालय पूर्व व्यवस्थापन समितिको बैकठ , सल्लाहकारहरूको बैठकले पनि विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन । विद्यालयमा व्यवस्थापन समिति नहुँदा निर्माणधिन भवन बजेटका कारण अलपत्र परेको छ। पूर्व प्राचार्य अफाक अहमद खाँ ले अवकास प्राप्त गरे पछी कार्यवाहक प्र अ को जिम्मेवारी टेकलाल अधिकारीले समाल्नु भएको छ । दलीय भाग बण्डका कारण विद्यालयमा अझै पनि व्यवस्थापन समिति गठन हुन नसकेको अभिभावकहरूको बुझाई छ । कार्तिक १९ गते बसेको बैठकले पुन मङ्सिर २ गतेलाई बैकठ राख्ने निर्णय गरेको छ ।