गृहपृष्ठ खबर मालिकको मृत्यु भएकै सडकमा ८० दिनदेखि बसिरहेको कुकुर

मालिकको मृत्यु भएकै सडकमा ८० दिनदेखि बसिरहेको कुकुर

 (भिडियोसहित)
unn.prixa.net

चीनमा एउटा बफादार कुकुर ८० दिनदेखि आफनो मालिक्नी फर्किएर आउने आशामा बाटो कुरेर बसेको छ । कुकुर कतिसम्म बफादार हुन्छ भन्ने कुरा यस घटनाले प्रष्ट देखाएको छ । एउटा व्यस्त सडकमा मालिकलाई पर्खिदै गरेको कुकुरको यो तस्बिरले चिनियाँ अनलाइनहरुमा सबैको ध्यानाकर्षण गरेको छ ।

भित्री मंगोलियाको होहटमा बिच सडकमा बसिरहेको यो तस्बिरलाई लोकप्रिय ‘साइना वेइबो माइक्रोब्लग’ मा १६ लाख पटक हेरिसकेको छ ।

चाइनाको पिएर भिडियो वेबसाइटले अगस्ट २१ तारिकका दिन आफ्नो मालिक्नीको मृत्यु भएदेखि प्रत्येक दिन कुकुर त्यहि सडकमा देखिदै आएको बताएको छ । कोही मानिस कुकुरलाई सहयोग गर्न गयोे भने भागेर यताउता जाने त्यहाँका एकजना ट्याक्सी चालकले बताएका छन् । उनी भन्छन्, केही खानेकुरा दियो भने खान्छ, तर हामी बाहिर झर्ने बित्तिकै तर्सेर अन्तै गैहाल्छ ।

उनीहरुका अनुसार कुकुरको आफ्नी मालिकसंग गहिरो सम्बन्ध थियो । मालिकनीको मृत्यु भएदेखि कुकुर त्यही सडकमा कसैको प्रतिक्षारत उभिएको देखिन्छ ।

कुकुरको यो भिडियो १० नोभेम्बरमा खिचिएको थियो । चाइनामा फेसबुक र ट्विटरको सट्टामा प्रयोग गरिने वेवसाइट ‘सिना वेबो’  मा यो भिडियो शेयर भएपछि यसले लाखौँ प्रयोगकर्ताको ध्यानाकर्षण गरेको छ । सबैले यसलाई एक वफदार कुकुर भन्दै प्रतिक्रिया दिएका छन् ।

कात्तिक २७, २०७५

सम्बन्धित् समाचार