गृहपृष्ठ खबर घस्रिएयर छठघाटमा पुग्दै विराटनगर महानगरका मेयर !

घस्रिएयर छठघाटमा पुग्दै विराटनगर महानगरका मेयर !

प्रकाशित मिति:
घस्रिएयर छठघाटमा पुग्दै विराटनगर महानगरका मेयर !
खरीबोट

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली यसपटक पनि घिस्रिँदै सिंघीया घाट गएका छन् । यसअघिका वर्षझैं यसवर्ष पनि छठ पर्वको ब्रत बसेका पराजुली तीन किलोमिटरसम्म १५औं पटक दण्ड प्रणाम गर्दै घिस्रिँदै सिंघीया घाट गएका हुन् ।

१५ वर्षयता छठ माताको ब्रत बस्दै आएका उनी यस वर्ष पनि निराहार ब्रत बसेका छन् । तीन किलोमिटरसम्म दण्ड प्रणाम गर्दै सिंघीया नदीमा छठको पूजा गर्न गए । उनी विराटनगरको ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरदेखि खोलासम्म घिस्रिँदै गएका हुन् ।

पराजुलीको सजिलोको लागि बारुण यन्त्र प्रयोग गरी सडकमा पानी छर्किएको छ । मध्याह्न १२ बजेबाट घिस्रिन सुरु गरेका उनले तीन किलोमिटरको यात्रा पार गर्न करीब ४ घण्टा लाग्ने बताइएको छ ।

महानगर प्रमुख भएपछिको यो उनको दोस्रो पटक दण्ड प्रणाम हो।  सिंघिया खोलाको परोपकार घाटमा पुगेर अस्ताउँदो सूर्यको उपासना गर्दै व्रत पूरा गर्नेछन्। पराजुलीको यो दण्ड प्रणाम तीन किलो मिटरको दूरी हो। सडकमा घिस्रदै दण्ड प्रणाम गर्दै गरिने कर्मले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

सम्बन्धित् समाचार