गृहपृष्ठ अन्तरास्ट्रिय खबर रणवीर र दीपिकाको बिहेमा निम्तालुलाई समेत फोटो खिच्न निषेध!

रणवीर र दीपिकाको बिहेमा निम्तालुलाई समेत फोटो खिच्न निषेध!

प्रकाशित मिति:


बलिउडका स्टार कलाकार रणवीर सिंह र दीपिका पादुकोन अब पति पत्नी बनेका छन्।

दुबैको बुधबार कौंकणी र बिहीबार सिन्धी संस्कार र रिवाज अनुसार विवाह गरेसँगै उनीहरु औपचारिक रुपमा पति पत्नी बनेका हुन्।

यी दुवैको बैवाहिक कार्यक्रम इटालीमा आयोजना गरिएको थियो भने सीमित व्यक्तिहरुलाई मात्र विवाह कार्यक्रममा सहभागी बनाइएको थियो। ‘राम(लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’जस्ता फिल्ममा एकसाथ काम गरेका यो जोडी विगत दुई वर्षदेखि प्रेममा रहेको थियो।

इटालीमा विवाह गरे पनि उनीहरुले विवाहको पार्टी भने ब्यांग्लोरको बेलगुरमा २१ तरिखका दिन आयोजना गरेका छन्। जहाँ बलिउड फिल्म उद्योगका उनीहरुका नजिकका आफ्न्तहरु सहभागी हुने बताइएको छ।

रणवीर र दीपिकाको विवाह कार्यक्रम सम्पन्न भए पनि उनीहरुको विवाहको भिडियो र फोटोहरु अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन्।

बलिउडका स्टार कलाकारका रुपमा परिचित यो जोडीको विवाहको तस्वीर हेर्न अहिले पनि लाखौँ प्रसंसक व्यग्र प्रतीक्षामा रहेका छन्।

अत्यन्त गोप्य रुपमा गरिएको विवाहक कार्यक्रममा मिडियालाई प्रवेश निषेध गरिएको थियो भने अत्यन्त कम निम्तालु बालाइएको थियो र निम्तालुहरुलाई पनि क्यामेरा लैजान र मोबाइलबाट फोटो खिच्न निषेध गरिएको थियो।

उनीहरुलेआफ्नो विवाहको फोटो बिहीबार साँझ ६ बजे सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने भारतीय मिडियाहरुले जनाएका छन्।

सम्बन्धित् समाचार