गृहपृष्ठ खबर कपिलवस्तुमा भोलीबाट लागु औषध विरुद्ध जनचेतनार्थ भागवत कथा तथा आनन्द उत्सव सुरु हुँदै

कपिलवस्तुमा भोलीबाट लागु औषध विरुद्ध जनचेतनार्थ भागवत कथा तथा आनन्द उत्सव सुरु हुँदै

प्रकाशित मिति:

कपिलवस्तुमा सोमवारबाट लागु पदार्थ तथा दुव्र्यसनविरुद्ध जनचेतना एवम् विशाल श्रीमद्भागवत कथा तथा आनन्द उत्सव सुरु हुँदै छ । आध्यात्मिक कथा प्रवचनको माध्यमबाट जिल्लामा सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव र जागरण कायम गर्न पहिलो पटक भजन कन्सर्टसहितको कार्यक्रम आयोजना गरिएको हो । जितपुर टोल विकास समितिको आयोजनामा बगलामुखी मन्दिर प्राङगण बाणगंगाा १ जितपुरमा सम्पन्न हुन लागेको आनन्द उत्सवको भोली प्रदेश सांसद विष्णु पन्थीले उद्घाटन गर्नेू छन् ।
उद्घाटन सत्र अगाडी विहान साढे ९ बजे चार नम्बर चोकबाट भव्य कलस यात्रा आयोजना गरिएको आयोजक जितपुर टोल विकास समितिका अध्यक्ष मदन ढुङ्गानाले जानकारी दिए ।

कलस यात्रामा बाजा गाजासहित बिभिन्न संस्कृति झल्कने खालका प्रस्तुति हुने अध्यक्ष ढुंगानाले जानकारी दिए । कलस यात्रापछि उद्घाटन सत्र सुरु हुने छ । कार्यक्रमको अर्को लक्ष्य जिल्लाका प्रमुख पर्यटकीय चिनारीलाई विश्वभर पुर्याउनु रहेको छ । जिल्लाका तिलौराकोट, नन्दनगर, श्रृङगीघाट, भागिरथी नदी, शिवपुर, जगदिशपुर, राजापानी, सुपा देउराली पिपरा, वंगलामुखी मन्दिर, मधुवनधाम,लक्ष्मण्मघाट,रामदतिवन, कपिलधाम, बालाकण्ठ,पिपराको प्रकटेश्वर,उप्टहवाको छापेढुङगा,वैरियाको शिवालय मन्दिर आदिबारे रहेका किंवदन्ती, ऐतिहासिक पृष्ठभूमि र लुकेर रहेको विषयबस्तुहरुको बारेमा फोटो प्रदर्शनीका माध्यमबाट जानकारी दिइने आयोजकले जनाएको छ । ब्यासाचार्य एवम् कथा वाचक भुवन गुरुले बिभिन्न कुलत तथा दुव्र्यसनमा फसका व्यक्तिलाई मुण्डन गरी कर्ताको रुपमा राखिएको हुँदा यसले तिनलाई पुर्नस्थापित जीवन बाँच्न निकै सहज हुने जानकारी दिए ।

मुलुकमा नैतिकता,मानवीयता शुन्य भएका कारण दैनिक रुपमा युवायुवती पथभ्रष्ट भएको भन्दै यसले महिला हिंसा र बलात्कारजन्य घटना न्यूकरण गर्न भूमिका खेल्ने गुरुले बताए । कार्यक्रममा धन दान अनिवार्य नगरिए पनि स्तस्फुर्त सहयोग भने गर्न सकिने आयोजकले जनाएको छ । बाणगंगाा नगरपालिकाको संरक्षकत्व, मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् कैलास आश्रम नन्दनगरको सह आयोजना रहेको कार्यक्रममा राजेश आस्था फाउण्डेसन बाणगंगाा, र बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीले सहकार्य गरेका छन् । मंसिर १० गतेसम्म सञ्चालन हुने आनन्द उत्सवमा हरेक दिन साँझ भजन कन्सर्ट हुने छ । जुन नेपालमै पहिलो रहेको आयोजकको दाबी छ । म्युजिक थेरापीको माध्यमबाट युवायुवतीलाई नैतिकवान बनाउन भजन कन्सर्ट आयोजना गरिएको हो ।

कार्यक्रमलाई भक्ति दर्शन टेलिभिजन काठमाण्डौँ र न्यूज २४ टेलिभिजनले छायाँकन गरी संसारभर प्रसारण गर्ने मिडिया संयोजक चन्द्रकान्त न्यौपानेले जानकारी दिए ।

यसैबीच भोलीबाट नै लागु पदार्थ दुव्र्यसनरिुद्ध हस्ताक्षर संकलन सुरु हुने बताइएको छ । बाणगंगाा नगरलाई बि सं २०८० सालभित्र दुव्र्यसनरहित बनाउनको लागि हस्ताक्षर संकलन गरिने आयोजकले जनाएको छ । कार्यक्रम स्थलमा यो अभियानमा मेरो पूर्ण प्रतिवद्धता छ भन्ने प्लेक्स ब्यानर हुने छ र त्यसमा हस्ताक्षर गर्न सकने छ । पछिल्लो समय बाणगंगाा नगरमा लागु औषध प्रयोग कर्ताको संख्या बढेको भन्दै यसको न्यूनिकरणको लागि सो अभियान सुरु गरिएकाले कार्यक्रम अवलोकन गर्नेहरुलाई अनिवार्य रुपमा हस्ताक्षर गर्न बाणगंगाा नगरले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार