गृहपृष्ठ खबर न्यायक्षेत्र समन्वय समिति कपिलवस्तुद्धारा फैसला कार्यान्वयन वर्ष घोषणा

न्यायक्षेत्र समन्वय समिति कपिलवस्तुद्धारा फैसला कार्यान्वयन वर्ष घोषणा

प्रकाशित मिति:

न्यायक्षेत्र समन्वय समितिको बैठकले चालु आर्थिक बर्षलाई फैसला कार्यान्वय बर्ष घोषणा गरेको छ । आईतवार तौलिहवामा बसेको समितिको बैठकमा अदालतले चालु आर्थिक बर्षलाई फैसला कार्यान्वयन बर्षको रुपमा घोषणा गरेको हो । कार्यक्रममा अदालतबाट असुल गर्न बांकी दण्ड जरिवाना असुलीलाई प्रभावकारी बनाउन जिल्लाका संबन्धित सबै सरोकारवाला निकायको सहयोग र सहकार्यमा बांकी जरिवाना असुली गर्नका निम्ति सर्वोच्च अदालतबाट भएको निर्णयलाई कार्यान्वयन गर्नका लागि घोषणा कार्यक्रमको आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखे्रलले अपराधि लार्ई डण्ड पिडित लाई न्याय भए मात्र फैसला कार्यन्यवयन हुने बताउदै तत्कालै कार्ययोजना बनाएर काम गर्नु पर्ने बताए । न्याधीशले निर्णय गरी फैसला गर्ने गर्दछ तर बिचौलियाहरु फैसलामा बधा पुर्याउने गरेको पाइएमा बिचौलियाहरु लाई कानुनी दायरामा ल्याई कारवाही गर्नु पर्ने आवश्यकता रहेको कुरा जिल्ला न्यायधीश लोक जगं शाहले बताए । कपिलवस्तु जिल्लामा अपराध गरेर बाहिर रहेका अपाराधिलाई कानुनि दयारामा ल्याउनु पर्ने प्रहरी उपरीक्षक अच्युतम प्रशाद पुडासैनिले बताए । बुद्धभुमि नगरपालिकाका नगर प्रमख केशव कुमार श्रेष्ठले मन्तब्य राख्दै निर्वाचित जनप्रतिनिधिलाई यस्तो कार्यक्रम सहभागि गराउदा धेरैकुराको जानकारी हुनुको साथै कार्य गर्न सहजता हुने कुरामा जोड दिए ।

त्यसै गरी शिवराज नगरपालिका का नगर प्रमुख नेत्र राज अधिकारी ले मन्तब्य राख्दै न्यायिक समितिमा हने मुद्धा ४० प्रतिशत जति मुद्धा मिलाइ सकेको समेत जानकारी गराए । समितिले फैसला कार्यान्वयन वर्ष घोषणा गर्दै अदालतबाट असुल गर्न दण्ड जरिवानाको लागत असुलीलाई प्रभावकारी बनाउन समबन्धित सबै सरोकारवाला निकायको सहयोग र सहकार्यमा बाँकि जरिवाना असुली, मुलुकी सहिंताको ब्यवस्था बमोजिम लागत कट्टा तथा व्यवस्थापन सम्बन्धि कार्यहरु प्रथामिकता पूर्वक गर्ने, निर्णय गरेको छ । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने सम्बनधमा जिल्ला अदालत नियामवली २०७५ को ब्यवस्था कार्यान्वयन गर्न समबनधित निकायहरु सगं आपासी समन्वय गर्ने र मुद्धाको जिन्सी समानको लिलाम बिकी्र ता ब्यवस्थापन समेतका कार्यहरु अन्तरिक कार्यक्रम बनाई निरन्तर कार्यान्वयन गर्ने लगयतको निणार्य गरेको छ ।

जिल्ला न्यायधीश लोकजंग शाहको अध्यक्षता, जिल्ला समन्वय समिति सभापति नारायण खनालको प्रमुख अतिथ्यतामा भएको कार्यक्तममा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको विशिष्ठ अतिथ्यता, प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनी, श्रेष्ठेदार डिल्लीराम शर्मा अर्याल, मालपोतका प्रमुख अधिकृत भोज बहादुर भणडारी, जिल्ला बारएसोसिसनका अध्यक्ष नुर महोमम्द ,बुद्धभुमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठ,बाणगंगा नगरपालिकाका नगर प्रमुख मगंल प्रशाद थारु, शुद्योधन गाउँपालिकाका गाउपालिका प्रमुख निसार अहमम्द खाँ, बिजयनगर गाउपालिकाका नगर प्रमुख गोपाल बहादुर थापा, बुद्धभुमि नगरपालिकाका न्यायिक समितिका उपाध्यक्ष मिरा थारु, महाराजगंज नगरपमलिकाका न्यायिक समितिका उपाध्यक्ष सुभावति कुर्र्मी लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै जिल्ला न्यायधीश भरत मणि खनालले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने फैसाला कार्यन्वयन शैद्धान्तीक पक्ष भुमिका र महत्वा एवं फैसाला कार्यन्वयन तर्फको स्थिति सहितको विवरण, वस्तु सम्बन्धमा जिल्ला न्यायधिस गिरीराज गौतमले प्रष्ट पारेका थिए । कपिलवस्तु जिल्ला न्यायक्षेत्र समन्वय समितिको आयोजना भएको कार्यक्रममा कार्यक्रममा सरोकारवाला तथा विभिन्न गाउपालिका तथा नगरपालिका प्रशासकिय अधिकृत तथा बिभिन्न सघंसस्था का पदाधिकारी संचारकर्मी गरी करिब ३० जनाको रहभागिता रहेको उक्त कार्यक्रमको संचालन जिल्ला न्यायधिश कपिल मणि गौतमले गरेका थिए ।

सम्बन्धित् समाचार