गृहपृष्ठ खबर १० औँ कपिलवस्तु महोत्सवको तयारि तिव्र

१० औँ कपिलवस्तु महोत्सवको तयारि तिव्र

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकामा मंसिर १८ बाट सुरु हुने १० औँ कपिलवस्तु महोत्सवको तयारी तिव्रताका साथ अगाडि बढाईएको छ । कृषि र पर्यटनमा आधारीत उद्योग व्यापार, समृद्ध र सुखि कपिलवस्तु निर्माणको आधार भन्ने मुल नाराका साथ मंसिर १८ देखी कपिलवस्तुको वाणगंगा नगरपालिका जितपुर स्थित बुद्ध रंगशालामा आयोजनामा हुन लागेको कपिलवस्तु महोत्सवको लागि अहिले विभिन्न विषयगत समिति तथा उपसमितिहरु गठन गरी महोत्सवलाई अघिल्ला वर्षहरुको तुलनामा भिन्न बनाउने तायारी थालिएको महोत्सव मुल आयोजक समिति संयोजक उमानाथ पौडेलले बताए ।

त्यस्तै महोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ जिल्ला भर नै प्रचार प्रसारलाई तिव्रताका साथ काम भइरहेको छ । विशेषत महोत्सवको सफलताका लागि आयोजनाको २० प्रतिशत अन्तरिक काम सँगै बाह्यि काम करिब ६५ प्रतिशत पुरा भएको संयोजक पौडेलले जानकारि दिएका छन् । जिल्लाका कृषिजन्य उत्पादनहरुको प्रवद्धन गरी कृर्षकहरुको उत्पादनलाई महोत्सवमा राखी कृषि उपजहरुको बजारीकरण गरी व्यावसायीक कृर्षक उत्पादनमा यस वर्षको महोत्सवले विशेष टेवा पु¥याउने आयोजक समितिले जनाएको छ ।

कपिलवस्तुको उद्योग तथा व्यापार व्यावसायका विशेष चिज र वस्तुहरुको बजारीकरणका लागि महोत्सवले विशेष स्टलहरुको व्यवस्था गरी स्टल दर्ता कार्यक्रम पनि संचालन गरीरहेको छ । ३ सय बढि स्टलहरु राखिने सो महोत्सवमा स्टल दर्ता सँगै अहिले बाउण्ट्री तारबार, स्टल निर्माण र स्थल व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघ जितपुरको आयोजनामा हुन लागेको यस वर्षको कपिलवस्तु महोत्सवमा दर्शकहरुको सहज उपस्थितिका लागि पनि महोत्सव आयोजक समिति विशेष तयरीमा लागेको उद्योेग वाणिजय संघ अध्यक्ष एवम महोत्सव मूल आयोजक समिति संयोजक उमानाथ पौडेलले बताए ।

सम्बन्धित् समाचार