गृहपृष्ठ खबर हिलवर्ट बोर्डिङ स्कुल नमुना बन्दै, प्लास्टिक मुक्त क्षेत्र घोषणा

हिलवर्ट बोर्डिङ स्कुल नमुना बन्दै, प्लास्टिक मुक्त क्षेत्र घोषणा

प्रकाशित मिति:

हिलवर्ट ईङलिस बोर्डिङ स्कुल वाणगंगा २ पिपरा वाणगंगा नगरपालिकामै पहिलो पटक प्लास्टिक मुक्त क्षेत्र घोषणा भएको छ । व्रिटेनको ८ औँ पोजेक्टर अन्तर्गत प्रदुषणको समाधान शिर्षक अन्तर्गत उत्प्रेरणा तथा प्लास्टिक मुक्त कार्यक्रमको आयोजना गरि विद्यालय क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाअध्यक्ष विष्णु पौडेलले सम्पुर्ण विद्यार्थिहरुलाई सफथ खुवाई मुक्त क्षेत्र घोषणा गरिएको हो ।

उक्त प्रतिवद्धता पत्रमा मैले विद्यालय वरिपरि प्लास्टिक तथा प्लास्टिक जन्य बस्तुहरु प्रयोग गर्ने तथा गराउँने छैन उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रवक्ता विष्णु पौडेलले हिलवर्ट बोर्डिङ स्कुल नगरपालिकामै उदाहरणिय सस्था बनेको बताए । उनले नगरपालकाले गर्ने काम एउटा स्कुलले गरेकाले यसले समाजमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले उक्त लक्ष्यलाई सफल पार्न वडा नं. २ तथा नगरपालिकाले नै सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । यस कार्यले सिङगो नगरपालिकालाई नै दवाव बढेकाले नगरभित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई पनि प्लास्टिक मुक्त घोषणा गर्ने मार्गदर्शक बन्न सफल भएकोमा स्कुललाई सफलताको शुभकामना समेत दिएका थिए । साथै उनले नगरपालिकाको सरसफाई अयिानलाई समेत विशेष सहयोग पु¥याउँने विश्वास ब्यक्त गरे ।

स्कुलका प्रिन्सिपल सुरेन्द्रराज पाण्डेले विद्यार्थिहरुले स्कुलमा मात्र नभई आफ्नो घरमा पनि प्लास्टिक जन्य बस्तुहरुको उचित ब्यबस्थापन गरि समाजमा यसका असरहरुको बारेमा सचेत गराउँन आग्रह गरेका थिए । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका सदस्य बाबुराम रायमाझिले घोषणा गरेर मात्र नभई कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यार्थिहरुले प्लास्टिकले वातावरणमा पार्ने असर, ब्यबस्थापन गर्ने उपायहरुको बारेमा विभिन्न जानकारि मुलक दृश्य प्रस्तुत गरि स्पष्ट पारेका थिए । स् प्रिन्सिपल पाण्डेको अध्यक्षता, शिक्षक शिक्षिका, विद्यार्थिहरु, पत्रकारको उपस्थिती रहेको थियो भने कक्षा ९ का छात्र हिमाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार