गृहपृष्ठ खबर सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा सांसद पंन्थीको जोड

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा सांसद पंन्थीको जोड

प्रकाशित मिति:

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न न्युन विधाथी भएका विद्यालयहरु मर्ज गर्नुपर्ने मा प्रदेश सांसद विष्णु पंन्थी ले जोड दिएका छन् । महेन्द्र माध्यामिक विद्यालय कोपवाको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेलालाई संवोधन गर्दै सांसद पंन्थीले विधालयहरुले स साना अनुदानको भरमा विना योजना विधालयका संरचनाहरु निर्माण गर्दा दिर्घकालिन नभएको भन्दै एउटै योजनाबाट धेरै फाईदाहुने खालका संरचनामा जोड दिनुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष भिष्मराज भुषालले स्थानिय निकायहरु सामुदायिक विद्यालयहरुको साधन स्रोत संपन्न बनाउन योजनाबद्ध भएर लाग्ने भन्दै विद्यालयको गुणस्तर वृद्धि गर्न शिक्षकहरु नै जिम्मेवार बन्नुपर्ने बताए । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्राचार्य कामता प्रसाद चौधरीले आर्थिक वर्ष ०७५  ०७६ को कुल १ करोड २४ लाख ५६ हजार ६ सय ५१ बराबरको आय व्याय विवरण सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

वार्षिकोत्सवमा विधालयको स्वर्ण महोत्सवको अवसरमा स्थापना भएको अक्षयकोषदाताहरुद्धारा विभिन्न विदाका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती अध्यक्ष दधिराम आचार्य, वागेश्वरी सामुदायिक वनका अध्यक्ष कल्लु थारु, माउण्ट एभरेष्ट वचत तथा क्रण सहकारीका अध्यक्ष युवराज पोख्रेल लगाएतले लगाएतले शुभकामना मन्तव्य व्यतm गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिरन्जीवि गिरीको अध्यक्षता शिक्षक वासुदेव अर्याल को स्वागत मन्तव्य र सहायक प्रध्यानध्यापक तनुश्री भण्डारीको कार्यक्रममा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार