लियो क्लव अफ कपिलवस्तु द्धारा दृष्टी विहिनलाई न्यानो कपडा वितरण गरीएको छ । आज लियो क्लव अफ कपिलवस्तुको पहिलो वार्षिक उत्सवको अवसरमा देउसि भैलो खेली संकलीत रकम बाट दृष्टी विहीनका लागी न्यानो कपडा वितरण गरीएको हो । कार्यक्रम ओदारी मा.वि मा सम्पन्न भएको हो ।
राज्य र स्थानीय निकायको दृष्टी नपरेका क्षेत्रहरुमा लायन्स क्लव कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुले संयुक्त र एकल रुपमा पनि समाज सेवाको क्षेत्रमा उदाहरणीय काम गरेको लायन्स क्लवका अध्यक्ष कृष्ण केसी र कार्यक्रमका प्रमुख आतिथी सोमनाथ अर्यालको भनाइ रहेको थियो । साथै आयोजक संस्था लियो क्लव अफ कपिलवस्तुलाइ विद्यालयका प्राधानाध्यापक शुभाखर भुषालले संस्थाले गरेको मानवीय सेवा र योगदान प्रती हार्दिक आभार प्रकट गर्दै समाज सेवाको क्षेत्रमा अझ योगदान दिन सकोस भनि शुभेक्षा प्रकट गरेका थिए ।
कार्यक्रम लियो क्लव अफ कपिलवस्तुका कार्यवाहक अध्यक्ष हरी ढुङगानाको अध्यक्षता, वडा नम्वर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, ओदारी मा.वीका प्रधानाध्यापक शुभाखर भुषाल, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कृष्ण केसीको विशिष्ट आतिथ्यता, वर्ष २०१८ जेसिसका सचिव बाबुराम अर्याल, सिद्धार्थ क्याम्पस का स्ववियुृ सभापति शुशिल खत्रीको आतिथ्यता रहेको कार्यक्रममा लायन्स क्लव कपिलवस्तुका सचिव धातानन्द भुषालको स्वागत मन्तव्य र लियो सदस्य पाण्डव भण्डारीको संचालनमा सम्पन्न भएको हो ।