काठमाडौं,१० मंसिर-श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ ।कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयनगर्ने पक्षमा देखिएको छ ।श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापुर्वक अगाडि बढ्ने बताए ।समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुपर्छ, मसिना समस्यासमेत टुंग्याउने गरी प्रावधिक बैठक पुनः बस्छौँ, उनले भने टुग्याउनुपर्ने विषयबारे नेपाली दुतावासतर्फ मलेसियाको सम्बन्धित ठाउँमा कुरा भईरहेको उनले बताए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
अलपत्र रहेका १४ आयोजनामा अख्तियारको अनुसन्धान सुरु
काठमाडौं,१० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ।हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ।
फर्किदैनन् भारत पुगेका बाघ
बर्दिया,१० मंसिर– वासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन् ।नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए ।