गृहपृष्ठ Featured १० औं कपिलवस्तु महोत्सवको उद्घाटन पुष्पकमल दाहाल ‘प्रचण्ड ‘द्वारा हुने (अन्र्तवार्ता सहित)

१० औं कपिलवस्तु महोत्सवको उद्घाटन पुष्पकमल दाहाल ‘प्रचण्ड ‘द्वारा हुने (अन्र्तवार्ता सहित)

प्रकाशित मिति:

कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनमा कपिलवस्तुको चार नम्बर स्थित जितपुर स्थित बुद्ध रंगशालामा मसिंर १८ देखि पौष १ गते सम्म सञ्चालन हुँने १० औँ कपिलवस्तु महोत्सवमा केन्द्रित रहेर आयोजक समितिका संयोजक, निर्देशक, स्थल तथा स्टल संयोजक र कोषाध्यक्षसंग वैखरी अनलाईन राष्ट्रिय पत्रिका टिमले गरेको अन्तर्वार्ताको संक्षेप ।
महोत्सव संयोजक उमानाथ पौडेल
वैखरी : १० औँ कपिलवस्तु महोत्सवको उद्घाटन निश्चित रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा नै हुन्छ त ?
पौडेल : प्रचण्ड आउँने निश्चित नै हो । सबै समन्वयको काम भईसकेको छ । अरु महोत्सव भन्दा १० अ‍ैाँ कपिलवस्तु महोत्सव भिन्न रहेकाले राजनेताद्धारा उद्घाटन गर्ने निश्चित छ ।

वैखरी : महोत्सवको उद्देश्यका सम्बन्धमा ?

पौडेल : नाफाको लागि भन्दा पनि कपिलवस्तु जिल्लाका धार्मिक, पर्यटकिय, सास्कृतिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेका हौँ ।

वैखरी : विगतका महोत्सव भन्दा यस बर्षको महोत्सवमा फरक आकर्षक रुपमा के रहेको छ ?

पौडेल : जिल्लाका धार्मिक स्थलहरुको प्रचार प्रसार गर्नका लागि फोटो प्रदर्शनि, वडा स्तरिय कृषि प्रदर्शनि, कृषकहरुका वालि तथा माटो निशुल्क रुपमा प्रविधियुक्त ल्यावबाट परिक्षण गरिने, विभिन्न कृषि सम्बन्धि नयाँ तथा आधुनिक सामाग्रिहरु जस्तै धान काट्ने, धान झाँट्ने, आँप टिप्ने, आदिको प्रदर्शनी आदि रहेका छन् ।

वैखरी: अन्य आकर्षकको रुपमा केके छन् ?

पौडेल : जिल्ला वाहिरका ईच्छुक ब्यक्तिहरुलाई जिल्ला भित्रका पर्यटकिय तथा धार्मिक स्थलहरुमा अवलोकनका लागि यातायातको समेत ब्यबस्था, विभिन्न नयाँ तथा सकारात्मक सन्देष प्रवाह गर्ने नयाँ खालको स्टललाई निशुल्क दिईने, ड्रोन क्यामेरा मार्फत जितपुर चोक लगायत महोत्सवको सम्पुर्ण अवस्थाको निगरानिको ब्यबस्था गरेका छौँ ।

वैखरी : महोत्सवबाट कति दर्शकहरुको सहभागि गराउँने र कतिको कारोवार गराउँने लक्ष्य रहेको छ ?
पौडेल : यस बर्षको महोत्सवको स्थान अनि स्तर निकै ठुलो हुँने अपेक्षा राखेका छौँ । त्यसैले विगतका वर्षहरुमा अहिले २५ देखि ५० प्रतिशत सम्म कारोवारमा वृद्धि हुने अपेक्षा राखेका छौँ ।

निर्देशक रुक बहादुर भुषाल
वैखरी : जुन महोत्सवको लागि ३० वटा उपसमिति गठन गरिएको छ ती उपसमितिका संयोजकहरुले के कति मात्रामा तयारि गरिरहनुभएको छ ?
भुषाल : सम्पुर्ण उपसमितिका संयोजकहरुले नै लक्ष्यउन्मुख काम गरिरहनुभएको छ म उहाँहरु प्रति सकारात्मक  छु ।

वैखरी : १० औँ कपिलवस्तु महोत्सवले खास के कुरामा जोड दिएको छ ?
भुषाल : यस वर्षको महोत्सवले विज्ञान प्रविधि, जातिय तथा धार्मिक संस्कृति झल्काउँने खालका समाग्रिहरु, कृषि, पर्यटन, ब्यापारिक सशक्तिकरणलाई मुख्य जोड दिईएको छ ।

स्टल संयोजक हुमानाथ पौडेल
वैखरी : महोत्सवमा कति ओटा स्टल दर्ता भए ? निर्माण कार्यको अवस्था के छ ?
पौडेल : अहिलेसम्म १ सय ३५ वटा स्टलहरु दर्ता भईसकेका छन् ।

वैखरी : स्टल दर्तामा के कस्ता नियमहरु अवलम्बन गरिएको छ त ?
पौडेल : उद्योग वाणिज्य संघमा आवद्ध ब्यापारिहरुलाई स्टल बुकिङमा २० प्रतिशत र स्थानिय ब्यापारिहरुलाई १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

कोषाध्यक्ष मोहन न्यौपाने
वैखरी : विभिन्न प्रायोजकले गरेको प्रयोजन तथा अन्य आर्थिक कारोवारको लेखाजोखा के कसरि राख्नुभएको छ ?
न्यौपाने : हामिले महोत्सवको लागि भएका सम्पुर्ण आर्थिक कारोवारको पारदर्शि रुपमा लेखाजोखा राखिरहेका छौँ ।

वैखरी : जिल्ला भित्र तथा बाहिरका महोत्सवलाई आयोजकले नै एउटा नाफा कमाउँने स्थलको रुपमा लिन्छन यो महोत्सवमा त्यसको के कस्तो निगरानि छ ?
न्यौपाने : १० औँ कपिलवस्तु महोत्सवमा भएको आयव्याय सञ्चारकर्मिको माझमा पारदर्शिता पुर्वक महोत्सव सकिएको केहि समयमै सार्वजनिक गरिने प्रतिवद्धता ब्यक्त गर्दछु ।

सम्बन्धित् समाचार