गृहपृष्ठ खबर यशोदा फुड्स प्रा.ली द्वारा छात्रवृत्ति वितरण

यशोदा फुड्स प्रा.ली द्वारा छात्रवृत्ति वितरण

प्रकाशित मिति:

यशोदा फुड्स प्रा.ली ले रुपन्देही जिल्लाको पर्रोहा मा वि मा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।पर्रोहा मा वि को आयोजना र यशोदा फुड्स को प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कक्षा दश मा अध्ययन गर्ने जेनीसरा मिदुन लाई पांच हजार नगद सहित करेन्ट चाउचाउ एक कार्टुन कम्पनीको लोगो भयको टि सर्ट कपी र कलम एक एक थान पुरस्कार प्रदान गरिएको थियो। उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तरगत राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्न र शैक्षिक अभियानको रुपमा विभिन्न विद्यालयहरुमा पुगि विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने र विद्यार्थीहरुलाइ चाउचाउ खाने तरिका पनि सिकाउने गर्दै आइरहेको कुरा यशोदा फुड्स कि जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनु भयको थियो।

सभापति को स्थान बाट विद्यालयका प्रधानाध्यापक बल बहादुर के सीज्युले उक्त कार्यक्रममा सहि मात्रामा र सहि तरिका ले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने भन्दै प्रायोजक यशोदा फुड्सलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। प्रमुख अतिथि वडा नम्बर चारका वडा अध्यक्ष धन बहादुर कार्की ज्युले आफ्ना भनाईहरु राख्दै यशोदा फुड्स सदैव बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको कुरा स्रहानी भयको भन्दै आभार प्रकट गर्नु भएको थियो। उक्त कार्यक्रम सहायक प्रधानाध्यापक चुडामणी भट्टराई ज्युले स्वागत र शिव लाल गौतमज्युको संचालनमा सम्पन्न भएको थियो

सम्बन्धित् समाचार