गृहपृष्ठ खबर समाचारको प्रभाव : कपिलवस्तुका २ वटा मेडिकल पसल बन्द

समाचारको प्रभाव : कपिलवस्तुका २ वटा मेडिकल पसल बन्द

प्रकाशित मिति:

कपिलवस्तुमा अनुगमनको अभावमा स्वास्थ्य जस्तो विषयमा गम्भिर लार्परवाहि समाचार विभिन्न मिडियामा प्रशारण भएपछी आज अनुगमन भएको छ । जिल्लाका वाणगंगा नगरपालिकाको वडा नं ६ मा भारतिय नागरिकद्धारा खोलिएको र प्रतिबन्धीत औषधी बेचविखन गर्ने गरि २ वटा औषधी पसल बन्द गरिएको हो ।

बाणगंगा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिष्मराज भुषालको नेतृत्वमा गएको अनुगमन टोलीले ति पसलहरुबाट नेपालमा विक्रि गर्न प्रतिबन्ध लगाईएका औषधी फेला पारेको र उनिहरुसंग मेडिकल खोल्ने अनुमतीका कुनै कागजात, प्रमाण नभएको हुदा बन्द गरेको बताईएको छ । टोलीले वडा नं ५ र ६ मा संचालन भएका ५ वटा औषधी पसलमा अनुगमन गरेको हो । अनुगमन गरिएका अन्य मेडिकलहरुमा प्रतिबन्धित औषधी नभेटिएको र दर्ता नभएका र नविकरण नभएका मेडिकलहरुलाई १ हप्ताभित्र कानुनी दायरामा आउन अल्टिमेटम दिएको छ । साथै मानव जिवनमा गम्भिर असर पार्ने यस्ता औषधी र दर्ता नभएका पसलहरु अन्य क्षेत्रमा रहेत रहेको हुँदा अब निरन्तर अनुगमन हुने बताईएको छ ।

टोलीमा वडा नं ६ का वडा अध्यक्ष सुकदेव थारु, वाणगंगा नगरपालिका स्वास्थ्य शाखा का संयोजक कृष्ण प्रसाद घिमिरे, सह संयोजक कपिल ज्ञवाली, नेपाल पत्रकार महासँघ कपिलवस्तु शाखाका सह सचिव मोहन बेल्वासे, रामु पौडेल इलाका प्रहरी कार्यालय कोपवाका प्रहरीहरु लगाएतको उपस्थिती रहेको थियो । लामो समयपछी स्वास्थ्य क्षेत्रमा अनुगमन भएकोप्रति खुसी व्यक्त गर्दै स्थानियले फे्रस हाउस र बधशालाहरु पनी खुल्ला रुपमा भएको हुदा त्यसको पनी अनुगमन हुनुपर्ने बताए । यता टोलीका संयोजक भुषालले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा समयमै सचेत गराई जनताको ज्यू धन सुरक्षित गर्न मिडियाले महत्वपुर्ण कदम चालेको भन्दै संचारकर्मी र संचारमाध्यमहरुप्रति धन्यबाद ज्ञापन गरेका थिए ।

सम्बन्धित् समाचार