गृहपृष्ठ खबर मायादेवीमा लोटा खोस्ने कार्यक्रम चर्पी निर्माणका लागी प्रभावकारी बन्दै

मायादेवीमा लोटा खोस्ने कार्यक्रम चर्पी निर्माणका लागी प्रभावकारी बन्दै

प्रकाशित मिति:

कपिलवस्तुको मायादेवी गाउँपालिकालाई तोकिएको समय भित्र खुला दिसा मुक्त क्षेत्र घोषणा गर्नका लागी अहिले सो स्थानमा खुला दिसा गर्न बाहिर जाने व्यक्तिहरुको लोटा खोस्ने कार्यक्रममा तिब्रता ल्याइएको छ । करिब ४ बर्षदेखी संचालन भएको सो सरसफाई अभियान अन्र्तगत छलफल, अन्र्तक्रिया, प्रचार प्रसार घरदैलो, र्याली, अनुगमन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

मायादेवी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडा यस अघि नै खुला दिसा मुक्त क्षेत्र घोषणा भै सके पनि वार्ड नं १ पकडी अझै खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन । एक हप्ता देखी वार्ड नं १ का वडाध्यक्ष हरिगोविन्द चौधरीको अगुवाईमा संचालन गरिएको सो कार्यक्रममा प्रदेश साँसद शुष्मा यादव, मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, उपाध्यक्ष गिता तिवारी, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, वास संयोजक थानेश्वर अधिकारी, वडा सचिव शिवगुलाव कलवार, वास सहजकर्ता श्याम कुमार बिश्वकर्मा, सरसरसफाई अभियानकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । करिव १२ सय घरधुरी रहेको सो वार्डमा करिब ९० प्रतिशत घरधुरीमा शौचालय निर्माण सम्पन्न भएको छ ।

सम्बन्धित् समाचार