कपिलवस्तुको चन्द्रौटामा जारी पाँचौं चन्द्रौटा महोत्सवको सातौ सम्म भव्य रुपमा सम्पन्न भएको छ ।“कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूल नाराका साथ यही मंसिर ६ गतेदेखि संचालित महोत्सवमा सातौ दिन ११ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सवका प्रवक्ता जगत पौडेलले वताए । महोत्सव सोचेभन्दा राम्रो भएको वताउदै सातौ दिन ४० लाख वढिको कारोवार भएको प्रवक्ता पौडेले जानकारी दिए ।
यसैगरी नेपालकै सबैभन्दा होची युवतीलाई हेर्न समेत दर्शकको घुइँचो लाग्ने गरेको स्टल संयोजक नवराज न्यौपानेले बताए । महोत्सवको मुख्य आकर्षण बनेको पाँचौ चन्द्रौटा डान्स आइडलमा ७ जनाले प्रतिष्पर्धा गरेका छन् । दर्शकको टिकटको भोट देशका बिभिन्न स्थानबाट एस.एम.एस.बाट दिएको भोटको आधारमा डान्सको नतिजा निकालिने गरिएको छ ।
महोत्सवको सातौ दिनमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षकमा पप गायक कमल खत्री, लोक गायक सपना गाहा,श्रीनिवास चौधरी,किरण खड्काले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । यस्तै मंसिर १३ गते विहिवार शान्ती श्री परियार, प्रेम शर्मा, शिर्जन खत्री, वर्षा लम्साल, उत्तम चौधरी लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिए ।