गृहपृष्ठ खबर गुहँको बीउको लागि भौतारिँदै कपिलवस्तुका कृषक

गुहँको बीउको लागि भौतारिँदै कपिलवस्तुका कृषक

प्रकाशित मिति:

कपिलवस्तुमा जिल्ला कै दोश्रो मुख्य बालीको रुपमा रहेको गहुँ को विउँ अभाव भएको छ । गहुँको वीउ नपाएपछि कषकहरु झन मर्कामा परेका छन् । बजारमा बीउ अभावले गर्दा अहिले सम्म उम्री सक्ने गहु खेतमा छर्न समेत उनीहरुले पाएका छैनन् । यहाँका कृषक अहिले वीउका लागि भौतारीनु परेको छ । गत वर्षको पुरानो वीउ पनि अत्यन्तै मंहगो भएकाले अहिले गहु खेती गर्नेको संख्यामा कमी आउने देखिन्छ । वीउ अभावले गर्दा जिल्लामा गहु उत्पादन प्रभावित हुने देखिएको छ । दुई बर्र्ष अघि सम्म सरकारले छुट र अनुदानमा गहँुको बीउ उपलब्ध गराएको थियो । तर यस बर्ष जिल्लाका १० वटै स्थानिय निकायले गहुको बीउमा अनुदान दिने कार्यक्रम नल्याए पछि कृषकहरु मर्कामा छन् ।

गहुको बीउ अभाव भए पछि बीउ बिजन बिक्रताले त्यस्ता बीउ महंगोमा बिक्री गरीरहेको कृषकहरुले गुनासो गरेका छन् । बिक्रेताहरुले अहिले कृषकहरुसंग चर्को मुल्य लिएर बिउ बिक्री गरी रहेको उनीहरले बताए । कपिललवस्तु नगरपालिका– ३ बरनडीहवाका कृषक गोपाल यादवले बजारमा धाए पनि नपाएको गुनासो गरे । कपिलवस्तु नगरपालिका– ५ गोटिहवा गाविसका वृजेश यादवले बजारमा गहँुको वीउ नपाएपछि बाध्य भएर भारतमा गई मंहगो मूल्य तिरेर वीउ ल्याउनु परेको बताए । कृषि क्षेत्रको प्रर्बद्धनको मुख्य नारा दिएको यस आर्थिक वर्षमा गहु वीउको अभावले यहाको कृषक मारमा परेका छन् ।

भारतीय सीमाना छेउ भएका गाउलेहरुले भारतबाट मंहगोमा वीउ किन्न बाध्य छन् । यता भने नेपाल सरकारले वीउ उप्लब्ध नगराउँदा अधिकांश खेतहरु बाझै छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा २७ हजार बढी हेक्टरमा गहु खेती गरिन्छ । तर यस बर्ष सिंचाईको असुबिधा र बिउको अभावले गुह खेतीको क्षेत्रफल समे घटने अनुमान गरिएको छ । बिगत बर्षहरुमा कृषि कार्यालय मार्फत ४० प्रतिशत अनुदानमा गहुको बीउ डिल मार्फत बिक्री गर्ने गरिएको थियो । तर यस बर्ष स्थानीय निकायले गहुक खेतीमा ध्यान दिएको किसान संघका जिल्ल अध्यक्ष चर्तुभुजमणि त्रिपाठीले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख सहरसाम यादवले आफनो कार्यालयले प्राबिधक ज्ञान मात्र दिने गरेको बताए । कपिलवस्तुमा भृकुटी, बिजया, आदिल, एनएल र गौतम जातको गहुँ लगाईने गरिन्छ ।

सम्बन्धित् समाचार