आठौं कपिलवस्तु डान्स आइडलको विजेताले टिभिएस स्कुटी पाउने भएका छन । उपविजेतालाई १ लाख नगद पुरस्कार तथा तृतीयलाई ५० हजार र सान्तवनालाई २५ हजार प्रदान गरिने डान्स आइडल संयोजक खाणले बताए । जारी अडिसनमा सहभागी भएका १३ जना मध्ये ८ जना पहिलो चरणको छनौटमा परेका छन । पहिलो, दोश्रो र तेश्रो चरणको प्रारम्भिक छनौट पछि १५ गते अन्तिम चरणको छनौट गरिने आयोजकले जनाएको छ । डान्स आइडलका लागि प्रारम्भिक छनौटमा परेका सहभागीहरु मध्येबाट १५ देखि २० जना दर्शकहरुको बीचमा प्रतिस्पर्धामा उत्रनेछन् ।छनौटमा उद्योग उपाध्यक्ष छविरेश्मी मगर, समाजसेवी विष्णु थापा र विरेन्द्र खाण निर्णायकको भूमिकामा रहनुभएको थियो । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका कोषाध्यक्ष मोहन न्यौपाने, सचिव मनोज पौडेल, पत्रकार बाबुराम रायमाझी, सूर्य चुदाली लगाएतको सहभागीता रहेको थियो ।