गृहपृष्ठ खबर तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द

तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द

प्रकाशित मिति:

१७ मंसिर,बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ । आजदेखि  मंसिर १९ गतेसम्म  बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमन प्रभावित हुने भएको हो ।

तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।

अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुनेछैन । निर्वाध चल्न पाउनेछन् ।

सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न  सबैमा आग्रह गरेको छ ।

यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । सडकको दूरावस्थाकै कारण १५—२० जना यात्रुहरुको सवारी दुर्घटनामा परी बर्सेनि ज्यान जाने गरेको छ ।
via:onlinekhabar

सम्बन्धित् समाचार