मष्तिस्कको नग्नदृष्य
————————–
यति बेला एक पुरूष मष्तिस्कको भान्छा घरमा
पाकिरहेछ अनेक-अनेक अश्लील परिकारहरू
दनदनी बलिरहेको छ आगो चुल्होमा
टेस्टोस्टेरोन इन्धनले।
ताप्केमा तातो तेल भित्र
डीप फ्राइ हुदैछ
सन्नी लियोनीका टाङ्गहरू
कुक्करले सिट्टी बजाइरहेको छ
पोर्नसाइटका नग्न युवतीहरूलाई गिज्याउँदै।
भान्छा कोठामा पाकिरहेका परिकारहरूले
छोडेर गएको तिव्र काम वासना ।
अत्याधिक काम भोकले
अल्जाइमरको रोगी बनाएको हुनुपर्छ।
जे जस्तो जसलाई जसरी जुन अवस्थामा भएपनी
खानुछ उसलाई खानु मात्र छ।
अब चिन्दैन उसले आफ्नो-बिरानो
मान्दैन उसले धर्म-अधर्म
जान्दैन उसले सानो-ठूलो
ठान्दैन उसले दया-माया।
उ खान्छ
– शिशुको नयाँ भोटो
– बालिकाको फुलबुट्टे जामा
– किशोरीको कुर्ता सलवार
– युवतीको लेगिज
– बृद्धको गुन्यु चोली
अस्तव्यस्त डाइनिङ्ग टेवलमा
टोकी-टोकी खान्छ
लुसी-लुसी खान्छ
र कुल्ला गर्छ रगतले मुख।
ए! चिकित्सा बिज्ञान
तिमी के हेरेर बसेको??
निर्माण गर यस्तो औषधि
उसको दिमागमा पाक्न छोडोस्
अनैतिक अश्लील परिकारहरू।