दशौ कपिलवस्तु महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले महोत्सव सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउदै मगंलबार हुने उद्यघाटनमा सबैलाई सहभागी हुन आग्रह गरेका छन । सघंको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षले कपिलवस्तु महोत्सवले जिल्लाको प्रतिष्ठा बोकेको बताउदै सबैलाई सहभागी हुन आग्रह गरेका छन । बिशेष गरेर अहिलेको महोत्सवमा नेपाल भरी लाग्ने महोत्सवमध्य फरक स्टेज, नेपालमा लाग्ने महोत्सवमा हुने प्रतियोगिता भित्र सबैभन्दा धेरै धनराशीको पुरस्कार(डान्स आइडल), पहिलो पटक महोत्सवबाट निशुल्क बिरुवा बितरण रहेको महोत्सवका निदेर्शक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसालले बताए । दुई दर्जन बढि पत्रकारको सहभागिता रहेको सम्मेलनमा सघंका निबर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई, सचिव मनोज पौडेल, कोषाध्यक्ष मोहन न्योपाने, पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल लगायतको सहभागिता रहेको थियो ।