गृहपृष्ठ Featured  एउटै बाख्राले पायो ६ वटा पाठापाठी

 एउटै बाख्राले पायो ६ वटा पाठापाठी

प्रकाशित मिति:


दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ। तुलसीपुर उपमहानरपालिका–९ बेलुवा का लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो।

तीमध्ये एउटा पाठो जन्मिने वित्तिकै मरिसकेको छ भने चारवटा पाठी र एउटा पाठा गरी पाँचवटा जीवित रहेको स्थानीयबासी गिरीराज न्यौपानले बताए।

बाख्रा स्थानीय ‘काठे’ जातको भए पनि ‘वनशङ्कर’ जातको बोकासङ्ग क्रस गराएपछि ६ वटा पाठापाठी पाएको किसान लालबहादुर खड्काले बताए। उनका अनुसार यसअघि बाख्राले दुई वटा पाठा पाएको थियो। एउटा बाख्राले ६ वटा पाठापाठी पाएको घटना दाङमा नयाँ भएको पशुसेवा कार्यालय तुलसीपुरका पशु विकास अधिकृत सुदाम भट्टले जानकारी दिए।

यसअघि दाङमा तीनवटासम्म पाठापाठी पाउने गरेको भए पनि ६ वटा पाउनु नौलो घटना भएको उनले बताए। एउटा बाख्राले बढीमा तीनवटासम्म हुर्काउनसक्ने भन्दै जीवित रहेका पाँचवटा पाठापाठीलाई हुर्काउन बाहिरी आहारामा ध्यान दिनुपर्ने पशु विकास अधिकृत भट्टको भनाइ छ।

बाख्राको एउटा बच्चालाई आफ्नो शरीरको तौलको १० भागमध्ये एकभाग दूध चाहिने उनले बताए। तर त्यति दूध एउटै बाख्राले उत्पादन गर्न नसक्ने पशु विकास अधिकृत भट्टको भनाइ छ।

 २१ मंसिर २०७५, शुक्रबार

सम्बन्धित् समाचार