कैलाली, २१ मंसिर । सामान्य घरयासी झगडा हुंदा कैलालीमा विभत्स हत्याको रुप लिएको छ । परिवारकै सदस्यबिच भएको सामान्य झगडा बढेर हिंसात्मक बनेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा छोराले आफ्नै बुवा र ठूलो बुवाको हत्या गरेका छन् भने आमा पनि शख्त घाइते भएकी छन् । घरायसी विवाद हुँदा २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चक्र चौधरी र ६० वर्षीय ठूलोबुवा पल्टु चौधरीको हत्या गरेका हुन् ।
शुक्रबार विहान चौधरीले काठको चिर्पट प्रहार गर्दा उनका बुवा र ठूलो बुवाको घटनास्थलमै मृत्यु भएको हो । ५० वर्षिया आमा दिलबहादी देबी चौधरी पनि घाइते भएकी छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । हत्या गर्ने चौधरी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ