गृहपृष्ठ खबर नवलपुरको देवचुलीमा फेरि गैंडाको आक्रमण, एक महिला घाईते

नवलपुरको देवचुलीमा फेरि गैंडाको आक्रमण, एक महिला घाईते

प्रकाशित मिति:

मङ्सिर -२२,आदर्श सुशील,देवचुली नवलपुरको देवचुली नगरपालिकामा शनिबार गैंडाको आक्रमणबाट एक महिला गम्भीर घाईते भएकी छिन् । देवचुली १ केउरेनी बस्ने बर्ष अन्दाजी ५०/५५ की सीता लम्साल घाईते भएकी हुन् । दिउँसो करिव २ बजे तिर दिव्य मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी लम्साललाई गैंडाले आक्रमण गरेको हो। घाईतेलाई उपचारका लागी भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको ईलाका प्रहरी कार्यालय रजहरले ह्याप्पी एफ एमलाई जानकारी दिएको छ।आक्रमण गर्ने गैंडा केही समय अगाडी देवचुलीमा आतंक मच्चाउने गैंडा हो कि हैन भनेर एकिन हुन सकेको छैन।

चितवनमा वन्यजन्तुको आक्रमणबाट चार महिनामा आठको मृत्यु

चितवन | पछिल्लो साढे चार महिनामा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ । मृतक ८ मध्ये ५ जना माडीवासी हुन् । माडी चितवन निकुञ्जको जंगल र सोमेश्वर पर्वत शृंखलाअन्तर्गतको जंगलले चारैतर्फबाट घेरिएको इलाका हो ।भरतपुरबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको माडीका बासिन्दा घाँस–दाउरा गर्न जंगलमै निर्भर छन् । गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचजनाको मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार