गृहपृष्ठ मनोरञ्जन हरिहर र कृष्टिनको ‘शुभ लभ’ को पोस्टर सार्बजनिक

हरिहर र कृष्टिनको ‘शुभ लभ’ को पोस्टर सार्बजनिक

प्रकाशित मिति:

चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु फिल्म ‘शुभलभ’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक फस्टलुकमा यसका मुख्य कलाकार हरिहर अधिकारी र नव–नायिका कृष्टिन पौडेल समाविष्ट छन् । हरिहर अधिकारी ज्योतिष बिधामा पनि उत्तिकै चर्चित रहेका छन्।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् ।सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्रमा धर्मराज शर्माको लगानी छ । चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराइको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।दुई जनाबीचको रोमान्सलाई पोष्टरमा देखाइएको छ । चैत्र १५ गतेबाट रिलिज हुने यहि चलचित्रबाट हरिहरसँगै कृष्टिनले पनि डेब्यू गर्दैछिन् ।

 

सम्बन्धित् समाचार