गृहपृष्ठ प्रदेश नं ४ ओएसिस स्कुलको परोपकारी काम,भेट्टाएको रकम हस्तान्तरण

ओएसिस स्कुलको परोपकारी काम,भेट्टाएको रकम हस्तान्तरण

प्रकाशित मिति:

मङ्सिर २८,आदर्श सुशिल,देवचुली देवचुली नगरपालिका वडा नं १७ फारममा रहेको ओएसिस बोर्डिंग स्कुलका बिद्यार्थी र स्थानीय माधव न्यौपानेले फेला पार्नुभएको नगद अट्ठाईस हजार दुई सय रुपैया सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिएको छ । गत मंसिर २४ गते फारम चोकबाट पिप्रहर सामुदायिक होम स्टे जाने बाटोमा ओएसिस स्कुल अगाडी सो रकम फेला परेको हो ।

बिभिन्न प्रमाणका आधारमा उक्त रकम देवचुली १७ निवासी रामदीन गुरौको रहेको पुष्टि भएपछि देवचुली वडा नं १७ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्य र देवचुली कलेजका क्याम्पस प्रमुख राजन गौतमको रोहबरमा गुरौलाई उक्त रकम फिर्ता गरिएको ओएसिस बोडिंग स्कुलका प्रधानाध्यापक मैना ढकालले वैखरी डटकम लाई जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार