गृहपृष्ठ पत्रपत्रिका बाट कांग्रेसकाे बन्दसत्रमा ‘धर्म बहस’ : ‘धर्मनिरपेक्षता’को विरोध, हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर

कांग्रेसकाे बन्दसत्रमा ‘धर्म बहस’ : ‘धर्मनिरपेक्षता’को विरोध, हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर

प्रकाशित मिति:

काठमाडौं । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्मनिरपेक्षता’को विरोध गरे।

धर्मनिरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक रूपमै विरोध जनाउँदै आएको थियो । महामन्त्री कोइरालाले महासमिति बैठकमा पनि आफूले यसबारे बोल्ने बताए ।

बैठक स्थलबाहिर हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै महासमिति सदस्यकै हस्ताक्षर संकलन थालिएको छ । हस्ताक्षर संकलनको नेतृत्व काठमाडौं महानगरमा मेयर उम्मेदवार रहेका नेता राजुराज जोशीले गरिरहेका छन् । उनले सोमबार बैठकमा लिखित रूपमै हस्ताक्षर पेश गर्ने तयारी रहेको बताए ।

हस्ताक्षर गर्नेमा चीरञ्जीवी वाग्ले, पुष्पा भुसाल, अजय चौरसिया, तारानाथ रानाभाट, इन्द्र बानियाँ, शंकर भण्डारीलगायत छन् । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सभापति कर्णबहादुर मल्लले पनि हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरेका छन् । आइतबार साँझसम्म ६ सय नेताले हस्ताक्षर गरिसकेका छन् । याे खबर आजको अन्नपूर्णा पाेष्टमा छापिएकाे छ ।

सम्बन्धित् समाचार