गृहपृष्ठ खबर हिलबर्ट स्कुल पिपरामा “हिलबर्ट एक्टिभ चाइल्ड क्लबको” निर्वाचन सम्पन्न

हिलबर्ट स्कुल पिपरामा “हिलबर्ट एक्टिभ चाइल्ड क्लबको” निर्वाचन सम्पन्न

कलिवस्तु जिल्लाको बाणगंगा न.पा –०२, पिपरामा अवस्थित हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुलले “हिलबर्ट एक्टिभ चाइल्ड क्लबको” पुर्नगठन निर्वाचन मार्फत सम्पन्न गरेको छ । नयाँ नेतृत्व चयनका लागि विद्यालयमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० सम्मका जम्मा ३१० जना विद्यार्थीहरुले निर्वाचनमा सहभागिता गराइएको थियो । जसमा २९९ जना विद्यार्थीहरुले अध्यक्ष लगायत १५ सदस्यीय पदाधीकारी चयनका लागि मताधिकारको प्रयोग गरेका थिए । ११ जना विद्यार्थीहरुको भने निर्वाचनमा अनुपस्थिति रहेको थियो । अत्यन्तै मर्यादित, शिष्ट र अनुशासित रुपमा सम्पन्न भएको निर्वाचनमा बदर मत शुन्य रहेको थियो । १५ पदाधिकारीका लागि भएको निर्वाचनमा जम्मा ४६ जना उमेदवारको प्रतिस्पर्धा रहेको थियो । मिति २०७५/०९/०२ गते सम्पन्न भएको निर्वाचनको मत गणना पश्चात् मिति २०७५/०९/०३ गते निर्वाचित सदस्यहरुको नाम घोषणा गरिएको थियो । जसअन्र्तगत अध्यक्ष पदका उमेदवार श्रीधर घिमिरे(सम्राट) १८९ भारी मतका साथ अन्य अध्यक्ष पदका प्रत्यासी भावना खनाल र हिमाल पौडेललाई पराजित गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा शुसांक कार्की १२५ मतका साथ विजय भएका छन् । सचिव पदमा विनय के.सीले १५३ मत, सहसचिव पदमा खुसी खड्काले १४२ मत, कोषाध्यक्ष पदमा करण घिमिरे १६७ मतका साथ विजय प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा शिवम् ढकाल, मेनुका मल्ल, कशिस थापा, नेहा क्षेत्री, मोनिका मल्ल, सृष्टि गैरे, मनिषा थारु, शुभमु खत्री, सुमिना सिंजाली र सुप्रिया मल्ल निर्वाचित भएका छन् ।

सम्बन्धित् समाचार