कलिवस्तु जिल्लाको बाणगंगा न.पा –०२, पिपरामा अवस्थित हिलबर्ट इङ्गलिस बोर्डिङ्ग स्कुलले “हिलबर्ट एक्टिभ चाइल्ड क्लबको” पुर्नगठन निर्वाचन मार्फत सम्पन्न गरेको छ । नयाँ नेतृत्व चयनका लागि विद्यालयमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० सम्मका जम्मा ३१० जना विद्यार्थीहरुले निर्वाचनमा सहभागिता गराइएको थियो । जसमा २९९ जना विद्यार्थीहरुले अध्यक्ष लगायत १५ सदस्यीय पदाधीकारी चयनका लागि मताधिकारको प्रयोग गरेका थिए । ११ जना विद्यार्थीहरुको भने निर्वाचनमा अनुपस्थिति रहेको थियो । अत्यन्तै मर्यादित, शिष्ट र अनुशासित रुपमा सम्पन्न भएको निर्वाचनमा बदर मत शुन्य रहेको थियो । १५ पदाधिकारीका लागि भएको निर्वाचनमा जम्मा ४६ जना उमेदवारको प्रतिस्पर्धा रहेको थियो । मिति २०७५/०९/०२ गते सम्पन्न भएको निर्वाचनको मत गणना पश्चात् मिति २०७५/०९/०३ गते निर्वाचित सदस्यहरुको नाम घोषणा गरिएको थियो । जसअन्र्तगत अध्यक्ष पदका उमेदवार श्रीधर घिमिरे(सम्राट) १८९ भारी मतका साथ अन्य अध्यक्ष पदका प्रत्यासी भावना खनाल र हिमाल पौडेललाई पराजित गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदमा शुसांक कार्की १२५ मतका साथ विजय भएका छन् । सचिव पदमा विनय के.सीले १५३ मत, सहसचिव पदमा खुसी खड्काले १४२ मत, कोषाध्यक्ष पदमा करण घिमिरे १६७ मतका साथ विजय प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा शिवम् ढकाल, मेनुका मल्ल, कशिस थापा, नेहा क्षेत्री, मोनिका मल्ल, सृष्टि गैरे, मनिषा थारु, शुभमु खत्री, सुमिना सिंजाली र सुप्रिया मल्ल निर्वाचित भएका छन् ।