गृहपृष्ठ खबर दुर्घटनामा एक जनाको मृत्यु कावासोती

दुर्घटनामा एक जनाको मृत्यु कावासोती

प्रकाशित मिति:

कावासोती १४ चालीसकिलोमा विहिबार बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । विहिबार विहान पौने ८ बजे पूर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ ख ७०४६ नं. को बस अनियन्त्रीत भई सडक छेउ खोलामा खस्दा १ जनाको मृत्यु भएको हो भने चालक सहित २४ जना घाईते भएका छन् । ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने एक जनाको नामवतन खुल्न सकेको छैन भने घाईतेहरुको भरतपुर र कावासोतीका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जानाएको छ ।

सम्बन्धित् समाचार