
गुगलले हरेक विशेष दिनलाई डुडल बनाएर मनाउँछ । यसै सिलसिलामा गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो मानिन्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ । साथै यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ ।
सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ किनभने सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिनेछ । यो एक खगोलीय घटना हो र आज बेलुकी नेपाली समयानुसार चार बजेर ८ मिनेट मा हुनेछ । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ । आयरल्याण्डमा मानिसहरु एक पाँच हजार वर्ष पुरानो न्यूग्रेन्ज नामको चिहानमा बनेको विशाल गोलो भवनलाई सूर्यको उज्यालोमा चम्किरहेको हेर्न जम्मा हुन्छन् । साथै, चीनमा यसलाई डोंग्जी फेस्टिबलको रुपमा मनाइन्छ ।








