गृहपृष्ठ खबर कपिलवस्तुको पटनामा दन्त शिविर

कपिलवस्तुको पटनामा दन्त शिविर

प्रकाशित मिति:

पटना स्वास्थ्य चौकी बाणगंगा नगरपालिका–१०, कपिलवस्तुमा एक दिने निशुल्क दन्त स्वास्थ्य शिविर संचालन भएको छ । बिहिबार सम्पन्न शिविरमा २५० जना बिरामीले निशुल्क स्वास्थ्य सेवा लिएको स्वास्थ्य चौकी प्रमुख काशीराम रेग्मीले जानकारी दिए । स्थानीय जनतालाई दन्त सम्बन्धी सेवा स्वास्थ्य चौकीमै दिने र दन्त स्वास्थ्यको बारेमा जनचेतना जगाउने उद्देश्यले शिविरको आयोजना गरिएको रेग्मीले बताए ।

शिविर संचालनमा प्राविधिक सहयोग युनिभर्सल कलेज अप मेडिकल साइन्सले गरेको थियो । शिविरमा डा. भेन्कट रमण सिहको नेतृत्वमा रहेका आठ जनाको विशेषज्ञ सहितको टोलीले सेवा दिएको थियो । कार्यक्रममा बाणगंगाका नगर प्रमुख मंगल प्रसाद थारुले दाँत मानव अंगको महत्वपूर्ण अंग भएको र यसको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुँदा स्वास्थ्य चौकीहरुमा आयोजना गरिने दन्त सम्बन्धी स्वास्थ्य शिविरको भूमिका महत्वपूर्ण भएको हुँदा आगामी दिनमा पनि यस्ता खाले शिविरहरु आयोजना गर्नुपर्ने बताए । वडा नं. १० का वडा अध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष राम हरि चौधरीले स्थानीय जनताको दन्त स्वास्थयका लागि यस्ता शिविरले यहाँका जनताको आँखा खोलिदिएको बताउँदै प्राविधिक सहयोग गर्ने युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवालाई धन्यवाद दिए ।

सम्बन्धित् समाचार