गृहपृष्ठ प्रदेश नं ५ कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ ।

प्रकाशित मिति:

हरि आचार्य,कपिलवस्तु, पुष ९

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं.२ वस्ने वर्ष ३० को सोलिन्दर अहिर करणिको आरोपमा पक्राउ परेका हुन् । अहिरले २१ वर्षिया एक युवतीलाई एक्कासी हात खुट्टा समाती घिसार्दै कुखुराको फार्म भित्र लगी जवरजस्ती करणी गरेको भन्दै कारवाहिको माग गर्दै जाहेरिमा उल्लेख गरिएको कपिलवस्तु प्रहरिले जानकारि दिएको छ । सोहि जाहेरिको आधारमा आरोपि अहिरलाई आईतवार पक्राउ गरि थप १० दिनको म्याद लिई अनुसनधान भईरहेको जिल्ला प्रहरिका प्रबक्ता प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए । युवतिको नाम तथा ठेगाना भने गोप्य राखिएको जिल्ला प्रहरि कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार