हरी आचार्य , पौष ९ कपिलवस्तु
राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिले वार्षिक कार्यक्रम संचालनका लागि आज जनप्रतिनिधहरु सहितको सहभागितामा अभिमुखिकरण तथा योजना गोष्ठि सम्पन्न गरेको छ । वाणगंगा नगरपालिकामा आयोजित योजना गोष्ठिले वाणगंगा नदि व्यवस्थापनका लागि यस वर्ष विनियोजन गरेको कुल १ करोड ४२ लाख बजेट कार्यान्वयनका लागि निश्चित मापदण्ड तयार गरी योजनाका कामलाई अघि बढाउने भएको छ ।
विशेष गरी चुरे क्षत्रको संरक्षणका लागि नदि व्यवस्थापन र नदि क्षेत्रमा तटबन्ध निर्माृण गर्ने, पानिको रिजरवेसनको काम गर्ने जनाइएको छ । वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभावित क्षेत्रका वडा अध्यक्षहरु बालकुमारी अधिकारी, विष्णु पौडेल, गणेशबहादुर क्षेत्री, भिष्मराज भुसाल, गुणानिधि भुसाल, र धुव्र वेल्वासेको उपस्थिति सहित नगरकार्यपालिकाको योजना अनुसार नदि व्यवस्थापन र चुरे संरक्षणको काम गरीने भएको छ । यसैबिच कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्र विद्युत चुहावट नियन्त्रणका लागि पनि आज जनप्रतिनिधिहरुको साथमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा अयोजित अन्र्तक्रियाले कपिलवस्तु जिल्लाको अन्य स्थानिय निकायको तुलनामा वाणगंगा नगरपालिकामा विद्युत चुहावटको समस्य कम भए पनि समस्याको निमूल पार्न जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया गरेको जनाएको छ । मेयर मंगल थारु सहित प्रदेश सासंद विष्णु पन्थी, उपमेर चक्र अर्याल नगरका सबै वडाका वडा अध्यक्षहरु लगाएत नेपाल विद्युत प्राधिकरण विधुत वितरण केन्द्र तौलिहवाका प्रमुख जयकुमार यादव, चारनम्बर विद्युत वितरण केन्द्रका प्रमुख कृष्ण प्रसाद पौडेलको उपस्थितिमा सो अन्र्तक्रिया सम्पन्न भएको हो ।
नगरका कृुनैपनि क्षेत्रमा विद्युत चुहावटको आरोपमा समातिने नागरिकरुको रिहाइको माग गर्दै जनप्रतिनिधिहरु आउने काम बन्द गर्नूपर्ने कुरामा जोड दिइएको छ । त्यसतै वितरण केन्द्रका प्रमुखहरुले चुहावट नियन्त्रणका लाग स्थानिय तहका सबै जनप्रतिनिधिहरु पनि आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पनि जनाएका छन् ।