गृहपृष्ठ प्रदेश नं ५ दृष्टिविहिन भएकै कारण शिक्षक हुनवाट बन्चीत

दृष्टिविहिन भएकै कारण शिक्षक हुनवाट बन्चीत

प्रकाशित मिति:

वैखरी ,कपिलवस्तु पौष ९

अंग्रेजी वाट स्नाकोत्तर अध्यान गर्दै छन बव्वु भर । गत असोज २२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकाद्धारा स्वेयमसेवक शिक्षक छनोट समितिले भरलाई शिक्षकको लागी नियुक्त गर्यो । वाड न ३ पथ्दरदेहियामा रहेको जनता आधारभुत विद्यालयमा भरलाई शिक्षा शाखाले शिक्षकको रुपमा सिफारीस गर्यो । पुष ७ गते भर विद्यालयमा गए । विद्यालयमा एकाएक विद्यालय व्यवस्थापन समितिले भरको पहिलो दिननै वैठक बसी भरलाई हाजीर नगराउने निर्णय गरेको छ ।

अपाङ्गता भएकै कारण आफूमाथि विभेद गरेको भरले दुखेसो पोखे । विद्यालयमा पढाउन आएको पहिलो दिन नै म माथि यस्तो दुर्व्यवहार गरियो, भरले भने म माथि यति अपमान होला भन्ने सोचेको थिएन । भरले लामो समय सम्म अन्य निजी तथा सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका थिए । विद्यालय प्रशासनले हाजिर नगरे पनि आफूले विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको जनाए । गाउँपालिकामा नै परीक्षा दिएर उर्तिण भएको व्यक्ति विद्यालय प्रशासनले हाजिरी नगराउनु आफैमा गलत भएको बुझाइ रहेको छ ।

दृष्टिविहीन भएकैकै कारण विद्यालयले शिक्षकलाई हाजिर नगराएकोमा स्थानीय बुद्धिजीवीहरूले पनि आलोचना गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जग्गन प्रसाद गुप्ताले दृष्टिविहीन व्यक्ति विद्यालयमा पढाउन नसक्ने भएकोले समितिले निर्णय गरेको जनाए । यता विजय नगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्ण विकले विद्यालय समितिले यस्तो निर्णय गरेको भए शिक्षकलाई अन्य ठाउँमा सरुवा गर्न सकिने बताए । शाखाले गरेको विभाजनका क्रममा सोही विद्यालयमा शिक्षकलाई पठाएकोले शिक्षकलाई व्यवस्थापन गर्न सकिने जनाए । अपाङ्गता पुुनस्थापना समितिले शिक्षक भरलाई विद्यालयले गरेको दुर्व्यवहार निन्दा गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरू अव यो देशमा बाच्न पाउने अधिकार नै नरहेको जस्तो गरेर विद्यालयले निर्णय गरेको भन्दै समितिका अध्यक्ष दीपक खड्काले निर्णय सच्याउन विद्यालय प्रशासनलाई आग्रह गरेका छन् । विद्यालय पढ्दै उच्च शिक्षा सम्म ज्ञान हासिल गरेका व्यक्तिलाई अपाङ्गता भएकैकै कारण अवसर नदिनु र प्रतिस्पर्धा गरेर आएको भए पनि विद्यालयलेले हाजिरी नगरेर विद्यालयले विभेद गरेको जनाए ।

सम्बन्धित् समाचार