गृहपृष्ठ खबर मुख्यमन्त्री पोख्रेलले भेटे बस दुर्घटनाका घाइते

मुख्यमन्त्री पोख्रेलले भेटे बस दुर्घटनाका घाइते

प्रकाशित मिति:

वैखरी , पौष ९

मुख्यमन्त्री शङ्कर पोख्रेलले गत शुक्रवार भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । आज काठमाडौँको ट्रमा सेन्टर पुगेर मुख्यमन्त्री पोख्रेलले घाइतेहरूको बारेमा जानकारी लिएका हुन् । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।

त्यहाँ उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचारबारे उपचारमा संलग्न चिकित्सकले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन भइसकेको छ ।

सम्बन्धित् समाचार