गृहपृष्ठ खबर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रकाशित मिति:

नवलपरासी पूर्व गैडाकोटमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । सोमबार राती करिव ८ बजेको समयमा गैडाकोट नगरपालीका १२ हर्कपुरमा भैरहवा देखि काठमाडौँको लागी छुटेको लु १ ख ८६७७ नं. को बसले बाटो क्रस गर्ने क्रममा ना ५६ प ६५७३ नं. को स्कुटर लाई ठक्कर दिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा स्कुटर चालक गैडाकोट नगरपालीका १२ बस्ने बर्ष ४५ कि कमला भण्डारीको मृत्यु भएको र पोष्टमाटमको लागी चितवन भरतुर लगीएको प्रहरीले जानकारी दिएको छ । बस चालक रुपन्देही मायादेबी गाउपालीका ३ बस्ने बर्ष २६ को नवसागर आरख र दुबै सवारी साधन ईलाका प्रहरी कार्यलय गैडाकोटको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित् समाचार