गृहपृष्ठ खबर दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति:

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षिया विस्नालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो।

घटना सम्बन्धीको पूर्ण विवरण आउन भने बाँकी रहेको छ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याको थियो।

रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

सम्बन्धित् समाचार