सहयोगी बि. सि. अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल ( बिनोद ) बिगत १० दिन देखि सम्पर्क बाहिर रहेको परिबारले आज पत्रकार सम्मेलन गरि जानाकारी गराएको छ।पौष २ गते सन्धिखर्क काम छ भनी हिंडेका निज भुसाल सोही दिन नै बस मार्फत गोरुसिंगे सम्म पुगेको बताइएको छ।
भुसाल बेपत्ता भएको कुरा अर्को ३ गते नै प्रहरी, प्रशासन मा जानाकारी गराई खोजबिन गरेपनी आधिकारिक रूपमा आज पत्रकार सम्मेलन गरि निज बेपत्ता भएको जानाकारी गाउँ,पालिका अध्यक्ष बालकृष्ण आचार्य ,प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र मरासिनी ,निजका दाजु जिबलाल भुसालले बेपत्ता भएका दिन देखि १० दिन सम्म गरिएको खोजी र पहलका बारेमा जानाकारी दिनु भएको थियो ।( जुन भिडियो फेसबुक र युवटुबमा राखिएको छ)निज बिनोदले चलाउने गरेको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा बनाउन दिएर त्यसतर्फ लागेका र मोबाइल समेत बसमा खसालेकोले मोबाईल चालक मार्फत घर ल्याई सकिएको छ।
सन्धिखर्क देखि गोरुसिंगे सम्मको झन्डै ३ घण्टाको समयमा पालिका अध्यक्ष बालकृष्ण आचार्य ,वडा सदस्य लिल बहादुर पाण्डे र श्रीमती समेतले फोन गर्दासम्म फोन नउठाउनु भएको समेत बुझिएको छ।उहाँ फर्निचर उद्योगको लागि चाहिने सामान लिन हिडेको आशंका गरेपनी एकपटक पनि हराएको मोबाईल नम्बरमा न कोहि अर्को नम्बर बाट कोहि संग पनि सम्पर्क भएको छैन।
उहाँको खोजिको निम्ति सम्पुर्ण संयत्र प्रयोग गरिएको र अनुसन्धान समेत भै रहेको प्रजिअ लामिछानेले बताउनु भयो।