गृहपृष्ठ Featured १६औँ सत्याग्रह सुरु गर्ने केसीको चेतावनी

१६औँ सत्याग्रह सुरु गर्ने केसीको चेतावनी

प्रकाशित मिति:

काठमाडाैं । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा.डा. गोविन्द केसीले विगतको सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आगामी १७ पुसअघि पारित नभएर अनशन थाल्ने चेतावनी दिएकाे खबर आजको नयाँ पत्रिका दैनिकले छापको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै केसीले विधेयक ६ दिनभित्र संसद्बाट पारित नगरे १६औँ सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । उनले सम्झौताविपरीत स्वास्थ्य शिक्षाका सिटिइभिटीअन्तर्गतका कार्यक्रम चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रबाट हटाउन, रेसिडेन्सियल डाक्टरहरूलाई हतोत्साही गर्न तथा माफियाका अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिनेलगायतका अनुचित कार्यमा शिक्षामन्त्री लागिरहेको आरोप लगाएका छन् ।

सम्बन्धित् समाचार