गृहपृष्ठ खबर रोटा क्वीज – बुटवल र सेन्ट्रल बुटवल अर्को चरणमा

रोटा क्वीज – बुटवल र सेन्ट्रल बुटवल अर्को चरणमा

प्रकाशित मिति:

विष्णु खत्री , सैनामैना ।

देशभर जोनल लेभल नेशनवाईड रोटा क्वीज वर्ष २०१८/१९ सम्पन्न भएको छ । रोट्रयाक्ट क्लव अफ पर्वतका रो.सन्तोष पौडेलको स्मृतिमा पहिलो चरणमा जोनल लेभल नेशनवाईड रोटा क्वीज सम्पन्न भएको हो । नेपालमा रहेका १३ जोन अन्तर्गत जोन ११ मा सम्पन्न रोटा क्वीजमा रोट्रयाक्ट क्ल्व अफ बुटवल अर्को चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक प्रकाश खनालले जानकारी दिनुभएको छ । ६ टिम सहभागी रहेको कार्यक्रममा ५ टिमलाई पछि पार्दै बुटवल अर्को चरणमा प्रवेश गरेकोे उहाले बताउनुभयो ।

बुटवल एम्स कलेजमा भएको कार्यक्रम रोट्रयाक्ट क्लव अफ तिनाउ सिटिका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता,रोटरियन किशु शर्माको प्रमुख आतिथ्यता,जोन ११ का जेड.आर.आर दिप सुबेदी तथा रोट्रयाक्ट क्ल्व अफ तिलोत्तमा रुपन्देहीका पुर्व अध्यक्ष विक्रम क्षेत्रीको आतिथ्यता भएको हो । कार्यक्रम सचिव अनुप पाण्डेको संचालनमा सम्पन्न भएको हो । यसैबिच जोन १२ मा रोट्रयाक्ट क्ल्व अफ सेन्ट्रल बुटवल अघिल्लो चरणका लागि छनोट भएको छ ।

१० टिम सहभागी रहेको कार्यक्रममा ९ टिमलाई पछि पार्दै सेन्ट्रल बुटवल छनोट भएको कार्यक्रम संयोजक मिलन भणडारीले जानकारी दिनुभयो । तिलोत्तमा मणिग्रामको ई गार्डेन रेष्टुरेण्टमा भएको कार्यक्रम रोट्रयाक्ट क्लव अफ रुपन्देहीका अध्यक्ष शुरेश भण्डारीको अध्यक्षता,जोन १२ का जेड.आर.आर रमेश नेपालको प्रमुख आतिथ्यता तथा रोटरी क्ल्व अफ रुपन्देहीका अध्यक्ष हरी न्यौपानेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम राजेश खरेलको स्वागत तथा सचिव बिनोद सुबेदीको संचालनमा सम्पन्न भएको हो । १३ वटा जोनबाट उत्कृष्ट बनेका १३ टिमले आगामी माघ ४ र ५ गते हुन गईरहेको रोट्रयाक्ट नेपालको ११ औँ राष्ट्रिय सम्मेलनमा प्रतिस्पर्धा गर्नेछन् । सम्मेलन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न हुनेछ

सम्बन्धित् समाचार