गृहपृष्ठ खेलकुद प्रथम देवचुली उपमेयर तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न

प्रथम देवचुली उपमेयर तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिताको उद्घाटन सम्पन्न

प्रकाशित मिति:

पौष-१५,आदर्श सुशिल,देवचुली

देवचुली नगरपालिकामा प्रथम देवचुली उपमेयर तथा २४ औँ जिल्लास्तरीय भलिबल प्रतियोगिता आइतबार उद्घाटन गरिएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा देवचुली ९ बिशालटारमा रहेको जनजागृत युवा क्लवको सह-आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको आज एक समारोहका बीच देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा नगर उपप्रमुख पार्वता तिवारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसी,जिल्ला भलिबल संघका अध्यक्ष तिलक खण्डलुक,बिभिन्न वडाध्यक्ष,सामाजिक,राजनैतिक व्यक्तित्व र खेलप्रेमीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नगरपालिकाले खेलकुदको बिकासको लागी सधै लागिपर्ने साथै नगरमा पुरुष खेलका लागी मात्रै नभई महिला खेलको पनि बिकास गरिने बताउनु भयो ।

यसैगरी आफ्ना शुभकामना मन्तब्य राख्दै जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बिकास केसीले नगरपालिकाले प्रतियोगिता आयोजना गर्दा जिल्ला खेलकुद विकास समितिसँग समन्वय नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी,प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटा,वडा नं ९ का अध्यक्ष मेख बहादुर सारु लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतियोगिता पौष १५ गते देखि १८ गते सम्म सन्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी दोश्रो हुने टिमले नगद रु २५ हजार,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनल पुग्ने टिमले नगर ७ हजार ५ सय प्राप्त गर्नेछ । उद्घाटनको दिनमा भएको पहिलो खेलमा शान्तिदीप युवा क्लवले सहआयोजक जनजागृत युवा क्लवलाई २-० को सोझो सेटमा हराएको छ । प्रतियोगितामा जम्मा १८ ओटा टिमको सहभागिता रहेको छ ।

सम्बन्धित् समाचार