अजय मिश्र ,कपिलवस्तु
कपिलवस्तुको कृष्ण नगर सीमा क्षेत्रमा रहेको मित्र राष्ट्र भारतको सिद्धार्थनगर जिल्लाको बढनी बजार देखी पूर्व र पश्चिम सीमा क्षेत्र हरू खुल्ला सिमाना भएकाले कृष्णनगर सीमा सुरक्षा बल र बढनी सीमा सुरक्षा बल दुवै एक अर्का को सहयोग ले खुल्ला सीमा मा घट्ने अवैध गतिविधिहरू लाई रोक्न सफल भई रहेका छन्।
आइतबार दिउसो १४:३०बजेको समयमा संयुक्त पार्टी जस्मा सशस्त्र सीमा बल निरीक्षक सहित ६ जवान,उत्तर प्रदेश मुख्य आरक्षी देवेन्द्र यादव साथै आरक्षी मृत्युजंय कुशवाह,नेपाल सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र के.शी लगायत ६जवान,र नेपाल पुलिस का इलाका प्रहरी कार्यालय कृष्णनगर निरीक्षक सूर्य बहादुर बोगटी,उपनिरीक्षक सन्तोष शाह,लगायत ८ जवान नेपाल र भारतका जम्मा २६ जना सुरक्षाकर्मीहरू ले पिलर सङ्ख्या ५६७ देखि५६९ सम्म सीमा क्षेत्रमा एकै साथ पेट्रोलिंग गरे का थिए उक्त पेट्रोलिंगको मुख्य उद्देश्य सीमा क्षेत्रमा बसोबास गर्ने जनता हरू लाई सुरक्षा प्रति विश्वास बढाउन र नव वर्ष २०१९ को आगमन को कारण ले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने हुने देखिन्छ ।
सशस्त्र सीमा सुरक्षा बल ५०बीँँ वाहिनी को कमाण्डेट रमन कुमार श्रीवास्तव साथै उपकमाण्डेट ब्रिजेश सिंह प्रतिहार ले सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधि लाई रोक्न साथै शान्ति सुरक्षा कायम रहोस् भनेर संयुक्त टोली द्वारा पेट्रोलिंग गरी दुवै देश बिच मेल मिलाप भाइचारा एवं सुरक्षा सदैव कायम रहोस् भन्ने भावना का साथ उक्त सीमा निगरानी गरिएको जानकारी गराउनु भयो ।