रुपन्देहीको सैनामैना नगरपालिकाले इजलासबाटै न्याय सम्पादन कार्यको थालनी सुरु गरेको छ ।१४ महिना पहिले गठित यस न्यायीक समितिले नगर उपप्रमुख विना रानाको कार्य कक्षबाटै मुद्धाको निरुपण गर्दथ्यो भने सोमबारदेखी इजलासबाट सेवा सुरु गरेको हो । सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले सोमबार इजलासको उद्धघाटन गर्नुभएको हो ।
सोही अवसरमा बोल्दै मेयर कार्कीले न्यायीक समितिमा परेका विभिन्न विवादित मुद्धाहरुको सहज रुपमा निरुपण गर्न इजालस नै खडा गरि सेवा प्रारम्भ गरिएको बताउनुभएको छ ।उहाँले सैनामैनाका ११ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा ७ सदस्य रहने गरि समिति बन्ने र उक्त समितिले मुद्धाको अवस्था हेरी मेलमिलापको माध्यमबाट मुद्धाहरुको निरुपण गर्ने बताउनुभयो । वडामा न्याय सम्पादन नभएका अवस्था अनुसारका मुद्धाहरुलाई न्यायिक समितिले निरुपण गर्ने समेत मेयर काकीले जानकारी दिनुभयो ।
हाल सम्म यस न्यायिक समितिमा ४५ बटा मुद्धा दर्ता भएका छन् जस मध्ये १४ वटा मुद्धाको मेलमिलापको माध्यमबाट छिनोफनो भएको समिति संयोजक विना रानाले जानकारी दिनुभयो । उहाँका अनुसार केही मुद्धाहरु अदालतमा पठाएको र बाँकी १५ वटा मुद्धाहरु प्रक्रियामा रहेका छन् ।समितिमा सम्बन्ध विच्छेद,जग्गा विवाद,भैझगडा जस्ता बढि मुद्धाहरु दर्ता हुने गरेको रानाले जानकारी दिनुभयो । छिटो,छरितो तवराले इजलासबाट मुद्धाहरुको फैसला हुनेमा विश्वस्त रहेको समिति संयोजक रानाले जानकारी दिनुभयो ।
नेपालको संविधान धारा २१७मा न्यायिक समितिको ब्यवस्था गरेको छ । जस अनुरुप समितिमा आएका विवादित मुद्धाहरुलाई समितिको क्षेत्राअधिकार भित्र रहेर न्याय सम्पादन गर्ने छ ।