गृहपृष्ठ प्रदेश नं ५ रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन

रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन

प्रकाशित मिति:

विष्णु खत्री,सैनामैना ।
मदन भण्डारी स्पोर्टस एकेडेमी सैनामैना नगर कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन गरिएको कमिटीका सदस्य एवं कार्यक्रमका संयोजक पदम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले संघसस्थाहरुले रक्तदान कार्यक्रमहरुको आयोजना गरी रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने बताउनुभयो ।

कार्कीले रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न रक्तदान कार्यक्रम महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । सैनामैना ६ कलौनीमा भएको रक्तदान कार्यक्रममा समाजसेवीहरु खुसीराम चौधरी,मिनप्रसाद पौडेल,मान बहादुर महत,नरकुमारी श्रेष्ठ,शहिद नारायण पोखरेल रामापुर बहुमुखी क्याम्पसका प्रमुख यदुलाल पन्त,गणेश भुसाल,कालमोचन शिवालय मन्दिर व्यवस्थापन समितीका सचिव खगराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम एकेडेमीका अध्यक्ष यमलाल खरेलको अध्यक्षता तथा सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक न्यौपानेले गर्नुभएको थयो ।

दर्जन बढी संचारकर्मी सम्मानित
मदन भण्डारी स्पोर्टस् एकेडेमीले रेडियो मलमलाका स्टेशन म्यानेजर ऋषिराम न्यौपाने,विष्णु खत्री सहित सहित एक दर्जन पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा राससका युवराज पाण्डे, मेचीकाली दैनिकका अमृत गिरी, सैनामैना सन्देशका टीका खरेल, बुद्ध टिभिका ललित पाण्डे, रेडियो सैनामैनाका भुवन जिसी, लुम्बिनी टिभीका दीपक न्यौपाने, बुटवल टुडेका नविन घिमिरे, किस एफ एमका कृष्ण भण्डारी,बुद्धभुमि नेपाल साप्तहिक पत्रिकाका सुरेश परियार,रेडियो टाईम्सका नरेश चौधरी र रेडियो कञ्चनका जगिलाल थापा हुनुहुन्छ । सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उहाँहरूलार्ई दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गर्नुभएको थियो ।

सम्बन्धित् समाचार