विष्णु खत्री,१७ पौष सैनामैना ।
रुपन्देहीको सैनामैनामा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । सैनामैना ३ पर्सावलमा गयराति पशुपति पोखरेलको गाईफर्म नजिक रहेको परालको टौवामा आगलागी हुँदा उक्त क्षति भएको हो ।
परालमा लागेको आगो बुटवल उपमहानगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाको वारुणयन्त्र,प्रहरी र स्थानियबासीको सहयोगमा आज बिहान नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाले जनाएको छ । आगो नियन्त्रण गर्न करिब ४ घण्टा समय लागेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन्।